गोविन्द ओली
नलगाड, जाजरकोट
जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा पुलमा काम गरिरहेका २ जना श्रमिकको मृत्यु भएको हो। घटनामा घाइते भएका सात जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भारतको बहराइचका धर्मेन्द्र गौतम र पुरूषोत्तम गौतमको मृत्यु भएको रूकुम पश्चिमका प्रमुख नवराज भट्टराईले बताए । बिहीबार दिउँसोतिर जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको स्थानीय महेन्द्रबहादुर बाँनियाले बताए ।

रूकुमको आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लुबगर जोड्नेगरी ठूलीभेरी नदीमाथि बनिरहेको छ ।
घाइते हुनेहरूमा क्रेन चालक निरजकुमार चौधरी नवलपरासीका रहेका छन् भने अरू ६ जना भारतीय रहेका छन्। गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याएर उपचार थालिएको छ ।
राराखबर । २०८०, ८ बैशाख शुक्रबार