उत्पादनशील उद्यमीलाई सरकारले ८० प्रतिशतसम्म अनुदान दिन्छ – निर्देशक पन्त

308720_527207363975913_339282649_nसुर्खेत, २२ साउन ।
घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतका निर्देशक विनोददेव पन्तले स्वदेशी उद्योगहरुलाई समय सापेक्ष परिमार्जन गर्न नसक्दा आधुनिक मेसिनबाट उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्न नसकिरहेको बताउनु भयो ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको ३ महिने निशुल्क गलैचा बनाई तालिम समापन कार्यक्रममा उहाँले नयाँ उद्योग नीतिले उत्पादनशील क्षेत्रमा आउने उद्यमीका लागि ४० देखि ८० प्रतिशत अनुदाको व्यवस्था गरेको उल्लेख गनुभयो ।
महिला विकास अधिकृत जमुना पौडेलले परनिर्भरता हटाउन महिलाहरु अव स्वरोजारमा लाग्नु पर्ने बताउनु भयो ।
उहाँले सामूहिक रुपमा उत्पादन कार्यमाल लाग्न सके सुर्खेती महिलाहरुले उद्योगवाट रामं्रो आम्दानी लिन सक्ने दावी गर्नुभयो ।
त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बासुदेव शर्माले सुर्खेतका महिलाले उत्पादन गरेको गलैचा तेस्रो मूलकमा निर्यात गर्नु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोचा नेपाल सुर्खेतका सचिव लालबहादुर नेपालीले स्वदेशी उद्योगको प्रवर्दन गर्न राज्यले नीतिगत रुपमै सुधार ल्याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाल ब्राईट हिमालय रग्स गलैचा उद्योग सुर्खेतले ग्रेटर इम्पेक्ट फाउन्डेशनको आर्थिक सहयोग तथा नेपाल गुडविभ फाउन्डेशनको समन्वयमा भएको तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल ब्राईट हिमालय रग्स गलैचा उद्योगका सञ्चालक ऐनबहादुर शाही, नेपाल गुडविल फाउन्डेसनका क्षेत्रीय सहायक टुकाछेकी शेर्पा, कार्यक्रम व्यवस्थापक गायत्री केसी प्रशिक्षक जीतबहादुर स्याङताङ, मिनाकुमारी थापामगर र शान्तिकुमारी शाह लगायतको सहभागिता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया