जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाहले अति विपन्न ८५ घरपरिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न लगायतको सहयोग गरेका छन् ।
भेरी नगरपालिका वडा न ३ अन्र्तगत खलंगाबाजर, स्याला, सिमलगौरी, थाप्लेचौरका बासिन्दालाई चामल, दाल, नुन, तेल र सावुन सहयोग गरेका छन् ।
मंगलबार उनले प्रत्येक घरपरिवारलाई ३० केजी चामल, एक केजी दाल, एक केजी नुन, एक लिटर तेल र सावुन प्रदान गरेका हुन ।
लक डाउन लम्विदै जाँदा काम गरेर साँझ विहानको छाक टादै आएका उनीहरुलाई केही राहात होस भनेर खाद्यान्न लगायतको सामग्री सहयो गरेको उनले बताए ।
नेपाली काँग्रेस जाजरकोटका कोषाध्यक्ष समेत रहेका उनले समास्यामा परेका नागरिकलाई सहयोग गर्न पाउँदा खुशी लगेको बताए ।
उनले झण्डै डेढ लाख रुपैया बराबरको खाद्यान्य लगायतका समाग्री सहयोग गरेका छन् ।
सरकारले राहात दिन ढिलो गर्दा आफुहरुलाई दैनिक गुजरा चलाउन समस्या भैइरहेको बेला शाहको सहयोगले निकै सहज भएको खाद्यान्न पाउँने परिवारले बताएका छन् ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिका पमुख चन्द्रप्रकाश घर्तीले लक डाउनको कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सवैको दायित्व हुने बताए ।
राराखबर । २०७६, २४ चैत्र सोमबार