उपेन्द्रको राजनीतिक उडान

नेपाली काँग्रेस वीरेन्द्रनगर नगर कार्य समिति सुर्खेतका सचिव उपेन्द्रबहादुर खड्का चर्चित युवा नेता हुनुहुन्छ । बाजेको प्रेरणाले सामाजिक सेवामा हात हाल्नु भएका खड्का विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय हुदै आउनु भएको छ । त्रिचन्द्र कलेजबाट राजनीतिकमा कदम बढाउनु भएका उहाँका राजनीतिक गुरु भने, काँग्रेसका युवा नेता गगन थापा हुनुहुन्छ । त्रिचन्द्र कलेज पढ्दा सवैभन्दा सानो म नै थिए, सवैले भाईभाई भन्थे कलेज पढ्दाका दिनहरु सम्झदै खड्काले भन्नुभयो,त्यतिवेला गगन थापा, किशोरसिह राठौरजस्ता सिनियर दाईहरुलाई स्ववियू चुनाव जिताउन अहोरात्र खटेको थिए । बाजेको प्रेरणाले समाजसेवी
बाजेको संगतले सानैदेखि समाज सेवामा रुची राख्नुभयो । बाजे जयबहादुर खड्का वकिल हुनुहुन्थ्यो । बाजेलाई सवैले ‘बिचारी भनेर चिन्थे । बाजेकै छत्रछायामा हुर्किनु भएका खड्काले सानैदेखि समाज परिवर्तन गर्ने दृढ अठोट लिनु भएको थियो । त्यो अठोटलाई कार्यान्वयन गर्न राजनीतिक पृष्ठभूमिले मलजल गरेको छ । उहाँका ठुलो बुवा इन्द्रबहादुर खड्का सासंद हुनु भएको थियो । पहिले दैलेख र सुर्खेत एउटै जिल्ला थियो । त्यो वेला योग्यताको आधारमा सिधै जनताको प्रतिनिधी बनाउने चलन थियो । त्यो वेला स्नताक गर्नु भएका इन्द्रबहादुर सासद हुनु भएको थियो । सुर्खेतमा पहिलो पटक हेलिकप्टेर अवतरण गराउने पनि उहाँ नै हुनुहुन्छ ।
राजनीतिमा छलाङ्ग
युवा अवस्थामै राजनीतिमा महत्वपूर्ण छलाङ्ग मार्न सफल खड्काले बाजेको संगतले गर्दा धेरै कुराको अनुभव गर्नुभयो । सरकारी कार्यालयमा कर्मचारीले गर्ने व्यवहार, भष्ट्राचार, काम गर्ने शैली जस्ता कुराले उहाँको कलिलो दिमागमा गहिरो छाप पर्यो । गरिव तथा विपन्न जनताको जीवनस्तर बदल्नु पर्छ भन्ने सोचले राजनीतिमा हामफाले उहाँले भन्नुभयो, म सगै कलेज पढेका सवै साथीहरु विदेशतिर लागे । म भने कलेजेको पढाई सकेर सुर्खेत फर्किए, आफनो गाउँ ठाउँमा केही गर्नुपर्छ भनेर सुर्खेत आए ।
ग्रामिण विकासमा एमए र बातावरण विज्ञानमा विएसी गर्नु भएका खड्का स्वदेशमै धेरै अवसर देखेर विदेश नगएको बताउनु हुन्छ । चाहेको भए, जुनसुकै मुलुक पनि जान सक्थे । विदेशमा गएको भए, पैसा पनि कमाइन्थ्यो होला, तर उर्जाशिल समयजति विदेशमा खर्चेर वुढेस कालमा गाउँ आउनुको अर्थ हुदैन्थ्यो । लोकप्रिय युवाको छवि
सुर्खेतका लोकप्रिय युवा खड्का २०६१ सालवाट सक्रिय राजनीतिमा आउनु भएको थियो । ७÷८ वर्षदेखि नेपाली काँग्रेस वीरेन्द्रनगर नगर समितिको सचिवको रुपमा काम गदै आउनु भएको छ । काँग्रेस पार्टी भित्र लोकप्रिय युवाको छवि बनाउनु भएका खड्का स्थानीय निकायको चुनावमा भारी मत ल्याएर विजयी हुनु भएको थियो ।
सय जनालाई रोजगार
अधिकाश नेताले पेशा नै राजनीतिक बनाएका छन । अरु नेताले जस्तो उहाँले राजनीतिलाई पेशा बनाउनु भएको छैन, आफनो व्यवसाय गर्नु भएको छ । विद्यालयदेखि प्राविधिक शिक्षालय, क्याम्पस, कल्सल्टेन्सी हुदै आइएमईसम्मको व्यवसाय संचालन गर्नु भएको छ । उहाँले सय जना भन्दा बढीलाई रोजगारी पनि दिनु भएको छ । राजनीतिलाई नै मुख्य पेशा बनाउनु राम्रो हैन उहाँ भन्नुहुन्छ, त्यसो गरे भष्ट्राचार मौलाउँछ ।
आफनो व्यवसाय नभएपछि के खाने, के लगाउने अनि छोराछोरी कसरी पढाउने समस्या हुदैन, व्यवसाय नभए त्या खर्च कहाँवाट ल्याउने ? व्यवसाय छैन भने कसरी चल्छ । राजनीति गर्ने व्यक्ति पहिला आर्थिक रुपमा सक्षम हुनुपर्छ । त्यसैले आयआर्जनको लागि व्यवसाय गर्नु जरुरी छ । नेपालमा राजनीतिलाई पेशा ठानेकै कारण भष्टाचार मौलाएको छ त्यसैले गर्दा पछिल्लो समय राजनीतिज्ञप्रति वितृष्णा पैदा हुदै गएको छ । राजनीति गरेपनि समाज सेवा गरेपनि आयमुलक व्यवसाय गर्नुको विकल्प छैन, खड्का भन्नुहुन्छ । पाकाको सुझाव, युवाको नेतृत्व
खड्का राजनीतिमा युवालाई उचित अवसर दिनुपर्नेमा जोड दिनुहुन्छ । सिनियर लिडरहरुले अव युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ उहाँ भन्नुहुन्छ, युवाले नेतृत्व पाए पार्टीलाई सही गति दिन सक्छन समाज पनि वदल्न सक्छन । अब पाका नेताहरुले अनुभव साटासाट गर्ने, सल्लाह सुझाव दिने र युवालाई नेतृत्व सुम्पिने वातावरण सृजना गर्नुपर्छ ।
पार्टीहरुले युवालाई नेतृत्वमा ल्याउनको लागि आफनो सोच परिवर्तन गर्नुपर्छ । नेतृत्व लिन युवाहरु आफै पनि सक्रिय हुनुपर्छ । पाका नेताहरुले गरेका गलत कुरालाई पनि ठिक छ भन्नु हुदैन, गतल कुरालाई प्रसय दिनु हुदैन, उहाँ भन्नुहुन्छ । अब नेतृत्व लिन युवा पनि कसिनुपर्छ । नेतृत्वले पनि युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने मेरो मान्यता छ, उहाँँ उल्लेख गर्नुहुन्छ ।
विकासका मुद्धामा साझा प्रतिवद्धता
सक्रिय राजनीतिको अनुभव सुनाउदै खड्का भन्नुहुन्छ, पार्टीभित्र समाज निर्माणको मुद्धाले ठाउँ नै पाउँदैनन । गुटबन्दी धेरै हुन्छ । सवै पार्टीमा यस्तै हो । अर्को कुरा एउटा पार्टी हावी भएको ठाउँमा अर्को पार्टीले विकास निर्माणमा प्राथमिकता नदिने चलन छ, त्यो पनि हटाउनु पर्छ । विकास भनेको सवैको साझा हो, एउटा पार्टीलाई चाहिने अर्को पार्टीलाई नचाहिने होइन । विगतमा जे जस्तो भएपनि अव भने विकासका मुद्धाहरुमा सवै पार्टीहरुको साझा प्रतिवद्धता हुनुपर्छ, खड्का भन्नुहुन्छ ।
सुर्खेतलाई नमुना जिल्ला वनाउने
सुर्खेतलाई नमुना जिल्ला वनाउने उहाँको योजना छ । चाहे त्यो आथिक रुपमा होस, चाहे सामाजिक, चाहे पर्यटकिय, चाहे भौतिक सवै क्षेत्रमा सुर्खेतलाई नमुना जिल्ला बनाउन पर्नेमा जोड दिनुहुन्छ । अहिले पनि सुर्खेतमा खेतीयोग्य धेरै जमिन वाझै छ । माटो परिक्षण गरेर माटो सुहाउँदो अन्नवाली, तरकारी र फलफुल खेती गर्न जनप्रतिनिधीलाई पहल गर्नुपर्ने सुझाव दिनुहुन्छ । पशुपालनलाई व्यवस्थीत गदै आनुनिकीकरण गर्ने गर्नुपर्ने, सुर्खेतलाई औद्योगिक जिल्लाको रुपमा पनि विकास गर्न सकिन्छ । कर्णालीतिर पाइने जडिवुटीलाई संकलन, प्रशोधन गरी बजारीकरण गर्न सकिन्छ । वस्तु हैन, आइडिया बेच
अवको युगमा वस्तु हैन आइडिया बेच्नुपर्छ । त्यो राजनीतिमा पनि हुन्छ, व्यवसायमा पनि हुन्छ, खड्का भन्नुहुन्छ, बेरोजगार युवाहरुलाई लक्षित गरी अव गाउँ र नगरपालिकाले रोजगारमूलक ठोस कार्यक्रम बनाउनु पर्छ । विपन्नहरुलाई तालिम मात्रै दिएर हुदैन, उद्यमी नै बनाउनु पर्छ । जलस्रोत, पर्यटन र जडिवुटीलाई प्राथमिकतामा राखेर योजना बनाउनु पर्छ । ६ नम्वर प्रदेशलाई सवैभन्दा धनी प्रदेश बनाउनको लागि सुर्खेतले नै त्यसको अगुवाई गर्नुपर्छ । सवै गाउँ पालिका र नगरापालिकाले जनताको लगानीमा उद्योग संचालन गर्नुपर्छ । जनतालाई सेवा सुविधा दिनको लागि प्रत्येक गाउँ नगरले आफैले स्वास्थ्य संस्था चलाउन सक्छन ।
अर्काको भर पर्नु हुदैन
सरल स्वभावका धनी खड्का सानैदेखि आफैले केही न केही गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्थयो । अर्काको भर पर्नु हुदैन, जे गर्ने हो आफैले गर्नुपर्छ र, विकास आफैवाट सुरुवाट गर्नुपर्छ, भन्ने सोचाई उहाँको छ । अरुले गफ मात्रै गर्छन म काम गर्छु यही फरक छ उहाँले भन्नुभयो, अरुको देखासिकीमा हैन, आफनै खुट्टामा उभिएर उपलव्धी हासिल गर्न सकिन्छ । (पत्रकार प्रकाश पन्त र सुरेश आचार्यसँग गरिएको कुराकानीमा आधारित)




फेसबुकबाट तपाईको प्रतिक्रिया