एकैपटक पाँच जना विशेषज्ञ डाक्टर

सुर्खेत, १७ साउन ।
लामो समयदेखि विशेषज्ञ डाक्टरको अभाव झेलिरहेको प्रदेश अस्पताल सुर्खेतले एकै पटक पाँच जना विशेषज्ञ डाक्टर पाएको छ । विशेषज्ञ डाक्टर थपिएपछि प्रभावकारी सेवा सुविधा दिने अस्पतालले जनाएको छ ।


अस्पतालमा छाला तथा यौन रोग, नाक, कान र घाटी, बालरोग, फिजिसियन र हात तथा नसा रोग विशेषज्ञ डाक्टर आएका छन् ।
अस्पतालका अनुसार छाला तथा यौन रोग विशेषज्ञ डा. प्रभावसिंह राजपुत, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत, बालरोग विशेषज्ञ डा. प्रदीप पौडेल आएका छन् । यस्तै फिजिसियन डा. संजीव भण्डारी र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सुभद्र श्रेष्ठ रहेका छन् ।
नयाँ विशेषज्ञ डाक्टरलाई विहिवार अस्पतालमा स्वागत गदै मेडिकल सुपरिटेन्डेन्ट डा. डम्वर खड्काले कर्णालीका जनतालाई अस्पतालले थप विशेषज्ञ सेवा दिने बताए । उनले भने, प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक यतिधेरै विशेषज्ञ डाक्टर पाएको छ ।

विशेषज्ञ सेवा पनि थपिएको र नयाँ भवनमा पनि छिट्टै सर्ने भएपछि अस्पतालमा सेवाग्राहीको चाप अझ बढ्ने उनले बताए ।
सुरुमा तीन जना डाक्टरबाट संचालन भएको अस्पतालमा अहिले २० जना विशेषज्ञसहित करिव २७÷२८ जना डाक्टर कार्यरत रहेको सुपरिटेन्डेन्ट खड्काले बताए । अस्पतालमा अव एनेस्थेसियोलोजिष्ट डाक्टर आवश्यक रहेको छ ।
अस्पतालमा अहिले दैनिक ७÷८ सय विरामी आउने गरेका छन् । अस्तालमा आउने अधिंकाश विरामी गाइनोसम्वन्धी हुने गरेको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. केशर ढकालले बताए । उनले भने, एउटै डाक्टरले दैनिक ७०÷८० जना विरामी हेर्नुपर्छ ।
तस्वीर नयाँ विशेषज्ञ डाक्टरलाई स्वागत गदै अस्पतातसँग संयुक्त । तस्वीर प्रकाश पन्त ।




फेसबुकबाट तपाईको प्रतिक्रिया