भीरवाट लडेर ९ बर्षिय वालिकाको मृत्यु

सुर्खेत, २९ जेठ ।
सुर्खेतको रझेना गाविसमा भीरवाट लडेका एक वालिकाको ज्यान गएको छ ।
शनिवार विहान ८ बजेतिर घरनजिकैको जंगलमा आमासगै घाँस काटन गएकी रझेना गाविस ४ रझेनाकी ९ बर्षिय वालिका बिनिता विकको भीरवाट लडेर ज्यान गएको गाविस सचिव तप्तवहादुर कोइरालाले जानकारी दिनुभयो ।
आफुभन्दा केही टाढा घाँस काटिरहेकी छोरी एक्कासी भीरवाट लडेको विनिताको आमाले वताएको उहाँले उल्लेख गर्नुभयो
केही दिन अघि रझेना ५ की ४५ वर्षिय भद्रकली गाहाको पनि भीरवाट लडेर मृत्यु भएको गाविस सचिव कोइरालाले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया