HVAP को उपलव्धी र सिकाईमा टेकेर नयाँ कृषि आयोजना सुरु हुदै

नयाँ आयोजनालाई कसरी प्रभावकारी वनाउन सकिन्छ भनेर सम्वन्धीत क्षेत्रका जनप्रतिनिधी, क्षेत्रीय तथा जिल्लास्तरका सरकारी र गैरसरकारी कार्यालय÷संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुसँग सुर्खेतको वीरेन्द्रनगरमा भएको छलफल कार्यक्रम । कार्यक्रमको वारेमा सल्लाह सुझाव एवं पृष्ठपोषण लिदै उच्च मुल्य वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी ।

सुर्खेत, २३ भदौ ।
६ नम्वर प्रदेशका किसानको आम्दानी बृद्धि गर्न र कृषिलाई व्यवसायिकरण गर्नको लागि नयाँ कृषि आयोजना संचालन हुने भएको छ ।
स्थानीय समुदायलाई उच्च मूल्य कृषि वस्तुका मूल्य श्रृंखलामा आवद्ध गराउदैं वजारीकरण क्षमतामा सुधार ल्याई आयआर्जनमा बृद्धि गर्ने, रोजगारीको अवसर सृजना गर्ने र खाद्य सुरक्षामा सुधार ल्याउने आयोजनाको उदेश्य छ ।
६ अर्व १२ करोड रुपैयाको लगानीमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला र रुकुम जिल्लामा कृषि क्षेत्र विकास आयोजना संचालन हुन लागेको हो ।६ महिनाभित्रै सूरु हुने यो आयोजनाले छिन्चु—जाजरकोट—डोल्पा सडक खण्ड, सुर्खेत—जुम्ला, मुुगु—कालिकोट सडकखण्ड, कालिकोट—हुम्ला—बाजुरा सडकखण्ड र मध्य पहाडी राजमार्ग अस्पासका क्षेत्रलाई समेटने छ ।
आयोजनाले विशेष गरी किसानलाई मुल्य श्रृखला विकास सुदृढिकरण, बजारसँग सम्वन्धीत पूर्वाधार निर्माण, ग्रामिण कृषि सडक विस्तार, संकलन केन्द्र स्थापना, भण्डार गृह, सिचाई आयोजना जस्ता कार्यक्रममा सहयोग गर्नेछ ।
यस्तै वित्तिय सेवा सम्वन्धी सहयोग, कृषि मैत्री ऋण प्रवाह, समुदायमा आधारित कृषि प्रसार सेवाको विस्तारमा पनि किसानलाई सहयोग गर्नेछ ।यस अघि संचालन भएको उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको उपलव्धी र सिकाईमा टेकेर कृषि क्षेत्र विकास आयोजना संचालन हुन लागेको उच्च मुल्य वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो ।
उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले खसीवोका, टिमुर, अदुवा, वेसार, बेमौसमी तरकारी, तरकारीको वीउ, स्याउ जस्ता ७ वटा मुल्य श्रंखलामा काम गर्दै आएको थियो ।
कृषि क्षेत्र विकास आयोजनाले भने तरकारी वीउ वाहेक खसीवोका, टिमुर, अदुवा, वेसार, बेमौसमी तरकारी, स्याउ लगायत मह, ओखर, कागुनो, चिनो, हिमाली आलु, सुन्तलाजात वाली, डेरी जस्ता उच्च मूल्यका वाली वस्तुहरुमा काम गर्ने योजना बनाएको छ । नयाँ आयोजनालाई कसरी प्रभावकारी वनाउन सकिन्छ भनेर सम्वन्धीत क्षेत्रका जनप्रतिनिधी, क्षेत्रीय तथा जिल्लास्तरका सरकारी र गैरसरकारी कार्यालय÷संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन गरी सल्लाह सुझाव एवं पृष्ठपोषण लिने काम गरिएको उच्च मुल्य वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो ।
६ अर्व १२ करोड जम्मा लगात रहेको आयोजना संचालन गर्न स्वीस सरकारले कृषि विकासको लागि अन्तराष्ट्रिय कोष (इफाड) ले ४ अर्व, नेपाल सरकारले १ अर्व २३ करोड, स्वीस सरकारले ३० करोड रुपैया व्यहोर्ने छन ।
आयोजनाको लागि सम्वन्धीत कृषि समुह, सहकारी, उद्यमी व्यवसायीले ५९ करोड रुपैयाको सह लगानी गर्ने पनि उहाँले बताउनु भयो ।
आयोजनाले १० जिल्लाका २५ हजार किसानको आयस्तर बृद्धिमा सहयोग गर्ने लक्ष्य लिएको आयोजना प्रमुख भारीले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया