सल्यानमा बस पुलबाट खस्दा १३ यात्रु घाइते

सुर्खेत – दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका – २, ठिनबाङ खोलामा दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा घाइते भएकाहरु अहिले थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनाको पूर्ण विवरण आउन वाकी ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया