शान्ति समिति सुर्खेत देशकै उत्कृष्ट

14446227_1076877119055193_129288171964172776_n

तस्वीर हरि अधिकारीको फेसबुकवाट ।

सुर्खेत, ५ भदौ ।
द्वन्द्व समाधान लगायत स्थानीय स्तरमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान गरेको भन्दै सुर्खेतको स्थानीय शान्ति समिति सम्मानित भएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले सुर्खेत सहित बाके, कैलाली, गोरखा, पाचथर र सिराहका शान्ति समिति सम्मानित भएका हुन् ।
बुधवार काठमाडौमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र शान्ति
मन्त्री सितादेवी यादवले संयुक्त रुपमा स्थानीय शान्ति सुर्खेत समितिका संयोजक मोहन थापालाई प्रशंसापत्र प्रदान गर्नु भएको छ ।
संयोजक थापाले सुर्खेतको द्वन्द्व समाधान तथा स्थानीय स्तरमा शान्ति स्थापना गर्न योगदान गरेको भन्दै मन्त्रालयले सम्मान गरेको जानकारी दिनुभयो ।
यसअघि पनि कार्टर सेन्टरले सुर्खेतको शान्ति समितिलाई उत्कृष्ट घोषणा गरेको थियो ।
यसैवीच अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर सुर्खेतको शान्ति समितिले
मध्यपश्चिम क्षेत्रीय अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ ।
समितिका सदस्यहरु श्रीधर पौड्याल, धु्रवकुमार शाही, हरिमाया शर्मालगायत पदाधिकारीले फलफूल वितरण गर्नु भएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया