सुर्खेत
प्रदेश स्थापनाको दिवसमा अवसरमा कर्णालीका १३ जना कर्मचारीलाई सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामति सेवा पुरस्कार प्रदान गरेको छ ।
प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्कालाई नगद एक लाख राशिको निजामती सेवा सर्वोत्कृष्ट पुरस्कारबाट सम्मानित गरिएको हो ।
७५ हजार नगद राशीकाे निजामती सेवा उत्कृष्ट स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्का र भु–तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईलाई प्रदान गरिएको छ ।
५० हजार नगद राशीको प्रदेश निजामती सेवा पुरस्कारबाट १० जना कर्मचारी सम्मानित भएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत खगेन्द्र खत्री, कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका ललित थापा, शिक्षा विकास निर्देशनालय सुर्खेतका प्रमुख दिपा हमाल, प्रदेश लोकसेवा आयोगका प्रेमप्रकाश आचार्य, मुख्यमन्त्री कार्यालयका युवाराज न्यौपानेले प्रदेश निजामती सेवा पुरस्कार दिइएको छ ।
यस्तै, जिल्ला उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख नृपजंग शाही, जलस्रोत तथा सिंचाई विकास कार्यालय डोल्पाका इन्जिनियर टेक हितान, कृषि विकास कार्यालय हुम्लाकी कृषि विकास अधिकृत सम्पत्ती बुढा, सिंचाई विकास कार्यालय सल्यानका प्रमुख ज्वालाराज शाही र डिभिजन वन कार्यालय रुकुम पश्चिमका शेरबहादुर परियारले प्रदेश निजामती सेवा पुरस्काबाट सम्मानित भएका छन् ।
राराखबर । २०८१, ५ भाद्र बुधबार