सुर्खेत । हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्लको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बुधवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये चार जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो ।
हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो ।
राराखबर । २०८१, ६ भाद्र बिहीबार