जाजरकोट ११, असार ।
नेपाल वार एशोसियसन जाजरकोट इकाईको अध्यक्षमा अधिवक्ता निमबहादुर शाही चयन हुनु भएको छ ।
शानिवार भएको कानुन व्यवसायीहरुको भेलाले शाहीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
इकाइको उपाध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह, सचिवमा अधिवक्ता प्रकाशकुमार शाही र कोषाध्यक्षमा अधिवक्ता राजबहादुर सिंह चयन हुनु भएको छ ।
भेलाले अधिवक्ता छविराज शर्मा र अधिवक्ता सहदेवजङ्ग शाहलाई केन्द्रीय प्रतिनिधीमा चयन गरेको छ ।
यस्तै एकाईको सदस्यमा अधिवक्ता भक्तबहादुर मल्ल, अभिवक्ता कृष्णविक्रम शाह, अभिवक्ता प्रेमजङ्ग शाह र अभिवक्ता पद्मबहादुर शाह रहनु भएको छ ।
राराखबर । २०७३, १२ असार आईतवार