सुर्खेत १२ ,असार ।
सुन्दर बन्नका लागि कतिपय सामग्री घरमै छन् । यस्ता सामग्रीमा ध्यान दिन सकियो भने यिनको अधिकतम् उपयोग हुन सक्छ । र, कम खर्चमा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न सकिन्छ ।
– गर्मीमा धेरै पटक मुख धुने र जाडोमा पटक्कै नधुने गर्नु हुँदैन । जाडोमा मुख नधुँदा हाम्रो छालाको चमक हराउने गर्छ । दिनभर काम गरेर बाहिरको धूलो–मैलोे छालामा टाँसिरहने भएकाले बेलुका पनि राम्ररी मुख धुनु आवश्यक हुन्छ ।
– केमिकलयुक्त फेसप्याकको साटो पिसेको चामलको पिठोमा थोरै शुद्ध बेसार र चन्दनको धूलो मिसाएर गुलावजल राखी त्यसबाट बनाइएको पेष्ट होसियारपूर्वक छालामा दल्ने । यसलाई करिब पाँच मिनेटसम्म राखेर सफा पानीले पखाल्ने । यसो गर्दा अनुहार उज्यालो बन्छ ।
– टमाटर र कागतिको रस मिलाएर छालामा लगाउनाले पनि छालाको चमक बढाउनमा मद्दत पु¥याउँछ ।
– घरैमा उपलब्ध दही १ चिया चम्चा र सुन्तलाको रस मिसाएर अनुहारमा लगाउने र पाँच मिनेटपछि सफा पानीले पखाल्ने । यसो गर्दा पनि अनुहारको छाला स्वस्थ र सुन्दर देखिन्छ । सुन्तलाको रसले छालालाई भिटामिन दिन्छ भने दहीले अनुहारमा भएका दाग हटाउन मद्दत पु¥याउँछ ।
– छालालाई स्वस्थ बनाउन पर्याप्त पानी खाने । साथसाथै शुद्ध काँचो दूधमा केरा फिटेर अनुहारमा लगाउँदा पनि छालाको सुन्दरता बढ्छ ।
– अनुहार सुन्दर तथा चम्किलो देखिन त्यहाँका सबै भाग सुन्दर हुनु अत्यन्तै जरुरी हुन्छ । त्यसैले जाडो मौसममा हावाले गर्दा ओठ फाट्ने गर्छ । यसको लागि पनि तुलसी र पुदिनाको पात मिसाएर पेष्ट बनाई ओठमा लगाउनाले ओठ नरम हुने हुन्छ ।
– आँखा वरिपरी देखिने कालोकालो घेराले पनि हाम्रो छालाको सुन्दरतामा ह्रास ल्याउने गर्छ । त्यसका लागि काँक्रो, गाँजर र मुलाको रस अनुहारमा लगाउन सकिन्छ । त्यस्तै दूध पाउडरमा कागतिको रस मिसाएर कालो घेरामा लेपन लगाउँदा पनि फाइदा हुन्छ ।
स्वास्थ्य खवरवाट सभार
राराखबर । २०७३, १२ असार आईतवार