मावन सेवा आश्रम कर्णालीको भवनको गुरुयोजना निर्माण

सुर्खेत- सुर्खेतको बीरेन्द्रनगर नगरपालिका – ११, मा निर्माण हुन लागिरहेको मानव सेवा आश्रम भवनको गुरुयोजना तयार पारिएको छ । मानव सेवा आश्रमको भवन निर्माणमा प्रदेश सरकार र बीरेन्द्रनगर नगरपालिकाले सहयोग गर्ने छन् ।

प्रदेश सरकारको सहयोगमा निर्माण हुने भवनको लागत स्टीमेट ५ करोड र बीरेन्द्रनगर नगरपालिकाको सहयोगमा निर्माण हुने भवन साढे २ करोड रहेको मानव सेवा आश्रमले जनाएको छ ।

सरोकारवालकालाई विहीबार बीरेन्द्रनगरमा उक्त गुरुयोजनाको भिडियो देखाएको छ ।  आश्रमका अभिभावक समेत रहेका इन्जिनियर सजिव शाक्य  र  इन्जिनियर विप्लव सापकोटाले गुरुयोजना डिजाइन गरेका थिए ।

उक्त गुरुयोजनामा महिला र पुरुषहरुको लागि अलग अलग भवन, सेमिनार हल, आकर्षक बगैचा, फोहर व्यवस्थापन समेत समेटिएका छन् ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले भवन निर्माणको लागि यसपाली प्रदेश सरकारले डेढ करोड बजेट विनियोजन गरेको जानकारी दिदै अपुग रकम पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले मावन कल्याणको लागि मानव सेवा आश्रमले गर्न लागेको मानविय कामलाई सक्दो सहयोग र साथ दिन समेत सवैलाई आग्रह गरे ।

कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल,सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावत, शिक्षा विकास निर्देशक दीपा हमाललगायतले भवन निर्माणको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले प्रदेश सरकारको सहयोगमा निर्माण हुने भवनमा पुरुष र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा निर्माण हुने भवन महिलाको लागि हुने बताए ।

कार्यक्रमका सहभागीहरुले गुरुयोजनामा केही कुराहरु थप्नु पर्ने सुझाव दिएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया