भुकम्प

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनद्वारा जाजरकोटका भुकम्प पिडितलाई सहयोग

दुखमा साथ र सहयोग गरेकोमा खुशीको अनुभूति

दिपेन्द्र शर्मा, जाजरकोट
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले भुकम्पबाट अति प्रभावित क्षेत्र नलगाड –१०, ध्यारगाउँबासीलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।


२५६ भुकम्प पिडित परिवारलाई ब्लाङ्केट, चामल, बाबु नानीहरुको लागि कपडा, जुत्ता र खाध्यान्न लगायत २० लाख बराबरको सामाग्री सहयोग गरेको हस्तान्तरण गरिएको मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले बताए ।


सहयोग हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम अध्यक्ष रामजी अधिकारीले मानव सेवाका लागि आफुहरु सधैँ दत्तचित्त भएर अघि बढिरहेको बताए ।


आनी छोइङ डोल्मा फाउण्डेसनका अध्यक्ष समते रहेकी गायक आनी छोइङ डोल्माले भुकम्पले दिएको दुखमा साथ दिन पाउँदा खुशी लागेको बताइन् ।


बालरोग विशेषज्ञ तथा सामाजिक अभियन्ता डा. नवराज केसीले मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले दुर्गम ठाउँका बासिन्दालाई सहयोग गर्नु आफैमा उदाहरणिय काम भएको उल्लेख गरे ।


यस्तै सहयोग सामाग्रीको लागि पहल र समन्वय गरेका पत्रकार प्रकाश पन्तले भुकम्पपछि कोही नपुगेको, कसैले पनि नदेखेको एकदमै दुर्गम ठाउँका बासिन्दालाई सहयोग गरेकोमा मानव सेवा आश्रम र आनी छोइङ फाउण्डेसनप्रति हृदयदेखि नै आभार प्रकट गरेका छन् ।


कार्यक्रममा बाँनियागाउँका ८० घरपरिवारलाई ब्लाङकेट, दुम्का, पुदु र रावतगाउँका केही घरपरिवालाई पनि न्यानो कपडा, ब्लाङकेट, बालवालिकाका कपडाजस्ता सामाग्री हस्तान्तरण गरिएको छ ।


सहयोग सामागी पाएपछि स्थानीयबासीले आफुहरुलाई दुखमा साथ र सहयोग गरेकोमा धेरै नै खुशी लागेको बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया