डा. नवराज केसीको दोस्रो पुस्तक `स्वस्पर्श´ आज विमोचन

सुर्खेत-  चर्चित लेखक, सामाजिक अभियन्ता तथा वालरोग विशेषज्ञ डाक्टर नवराज केसीको दोस्रो पुस्तक `स्वस्पर्श´ आज विमोचन हुँदैछ ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहल कुइनेपानीमा  दिउँसो एक बजे पुस्तक विमोचन कार्यक्रम राखिएको छ ।

चर्चित लेखक सुविन भट्टराईले  पुस्तकको विमोचन गर्ने छन् । आशा, प्रेरणा र खुशीले भरीपूर्ण उक्त पुस्तकमा महत्वपूर्ण जीवन उपयोगी सन्देश रहेको बताएको छ ।

दई आवरण बजारमा आएको `स्वस्पर्श´ जेनजीसहित सवै पुस्ताको पहिलो रोजाइ र खोजाइ बन्ने धेरैको अपेक्षा छ ।

पुस्तकका लेखक डा. केसीले सामाजिक संजाल फेसवुकबाट सम्पूर्ण अभिभाबकलाई  आफ्ना सन्तानको मानसिक र भावनात्मक स्वास्थ्य बलियो बनाउन उपहार स्वरुप यो पुस्तक दिन र आफुले पनि पढ्न आग्रह गरेका छन् ।
उनले भनेका छन,  सबैको जीवन आशा, प्रेरणा र खुशीले भरियोस।
यो पुस्तक  FinePrint ले बजारमा ल्याएको हो
यसअघि डा केसीको पहिलो पुस्तक शून्यको मूल्यले निकै चर्चा कमाएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया