यि हुन कोरोनाभाइरसलाई जितेर घर फर्किने कर्णालीबासी

कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका कर्णालीका ७ जनालाई शुक्रवार घर पठाइएको छ ।

उनीहरुलाई प्रदेश अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर सम्मानका साथ बिदाई गरेका थिए ।

तस्वीर चेतननिधी वाग्लेको फेसबुकबाट

प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत सात जना कोरोनामुक्त भएर घर फर्किएको अस्पतालका कोरोना फोकलपर्सन डा. केएन पौडेलले जानकारी दिए ।

कोरोनामुक्त हुनेहरूमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नम्बर ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं. ८ का १७ वर्षे लक्ष्मण राना,  वडा नं. ४ का ३७ वर्षे धनबहादुर बस्याल, वडा नं. ९ लाटीकोइलीका ११ वर्षे रमेश सुनार रहेका छन् ।

यस्तै महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन छन् । ठेगाना नखुलेकी सांकेतिक भाषा प्रयोग गर्ने महिलालाई भने अस्पतालमै राखिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया