सुर्खेत, १ असोज ।
नापी कार्यालय सुर्खेतले बीरेन्द्रनगर नगरपालिका वडा नं १९ को ठौरी र ईटौरा गाउँमा व्लक पुर्जा वितरण गरेको छ ।
शनिवारको दिन भएपनि जनतालाई छिटो छरितो सेवा दिने उदेश्यले ठौरी र ईटौरा गाउँमा गाउँ व्लक पुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख धर्मराज ओझाले बताउँनु भयो ।
सत प्रतिशत दर्ता भएको दुवै गाउँमा ६८ जग्गाधनीले पुर्जा भएको पनि उहाँले जानकारी दिनुभयो ।
ब्लक पुर्जा पाउनेमा महिला १९ र पुरूष ४९ रहेका छन ।
राराखबर । २०७३, १ आश्विन शनिबार