विपन्न परिवारलाई एसओएसको खाद्यान्न सहयोग

एसओएस बालग्राम सामाजिक केन्द्र सुर्खेतले अति विपन्न तथा एकल महिलालाई खाद्यान्न सहयोग गरेको छ । लक डाउनले गर्दा खाद्यान्न अभाव झेलिरहेका ३५ घर परिवारलाई खाद्यान्न दिएको केन्द्रका प्रमुख श्याम क्षेत्रीले बताए ।


उनीहरुलाई प्रतिपरिवार २५ किलो चामल, ५ किलो दाल, ५ लिटर तेल, ३ केजी नुन, एक प्याक पिठो, एक किलो सोयवडी र ५ किलो आलु दिएको उनले बताए । बुधबार खाद्य सामाग्री दिएका उनीहरुलाई एसओएस नेपालले विगतदेखि नै आर्थिक सहयोग गर्दै आइरहेको छ ।


कोरोना भाइरस संक्रमण रोकथामको लागि गरिएको लक डाउनले गर्दा रकम उपलव्ध गराउन नसकिने भएकोले उनीहरुलाई चाहिने खाद्यान्न दिएको पनि उनले बताए ।


खाद्यान्न हस्तान्तरण गदै वीरेन्द्रनगर नगरपालिका ४ का वडाध्यक्ष निलकण्ठ खनालले विपदमा अति विपन्न परिवारलाई एसओएसले महत्वपूर्ण सहयोग गरेको बताए । खाद्यान्न पाएपछि हिना रजालीले संकटपूर्ण अवस्थामा सहयोग गरेर एसओएसले ठुलो गुण लगाएको बताइन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया