जाजरकोट

भुकम्प प्रभावित क्षेत्र जाजरकोटको लहँमा एसओएसको शिशु स्याहार केन्द्र

बालवालिकालाई राम्रो स्याहार  र धेरै कुरा सिक्ने अवसर

विष्णु रावल/जाजरकोट

एसओएस बालग्राम सुर्खेतले भुकम्पबाट अति प्रभावित नलगाड नगरपालिका –४, लहँमा अस्थायी शिशु स्याहार केन्द्र संचालन गरेको छ ।
विद्यालय नजाने २ देखि ५ वर्षमुनिका बालबालिकाको लागि शिशु स्याहार केन्द्र संचालन गरिएको बालग्राम सुर्खेतका निर्देशक गोपालप्रसाद घिमिरेले बताए ।
निर्देशक घिमिरेका अनुसार वडा नम्वर ४ का वडाध्यक्षको आग्रह र समन्वयमा माझगाउ गत पुष ७ गतेबाट अस्थायी शिशु स्याहार केन्द्र संचालन गरिएको हो ।
अहिले स्याहार केन्द्रमा भर्ना भएका ४० जना बालबालिकाहरु तालिम प्राप्त स्याहरकर्ताहरुले हेरचाह गरिरहेका छन् ।


बालबालिकालाई दिनभर शिशु स्याहार केन्द्रमा राखि दिदा आफुहरुलाई घरायसी काम गर्न, भुकम्पले भत्किएका घर मर्मत र निर्माण गर्न निकै सजिलो भएको अभिभावकहरु बताउछन् ।
बालबालिकाले धेरै कुरा सिकिरहेका छन्, उनीहरु भन्छन्, शिशु स्याहार केन्द्रमा बालबालिका सुरक्षित पनि छन् ।

वालवालिकाको मानसिक तथा शारीरिक विकासमा टेवा
वडा नम्वर ४ का वडध्यक्ष बद्री पन्तले एसओएस बालग्रामले भुकम्पबाट अति प्रभावित क्षेत्रमा आएर शिशु स्याहार केन्द्र संचालन गर्दा आफुहरुलाई खुशी र गर्व लागेको बताए ।
शिशु स्याहार केन्द्रले बालबालिकाको लागि धेरै नै प्रभावकारी भएको उल्लेख गदै उनले यसलाई स्थायी रुपमै संचालन गर्न एसओएससँग आग्रह समेत गरेका छन् ।
वडाध्यक्ष पन्तले भने, घरमा बसेर धुलो माटो खेल्ने बालबालिकाले शिशु स्याहार केन्द्रमा राम्रो स्याहार  र धेरै कुरा सिक्ने अवसर पाएका  छन् ।


शिशु स्याहार केन्द्रमा आउने बालबालिकालाई दिनभरी विभिन्न क्रियाकलाप गराइ उनीहरुको मानसिक तथा शारीरिक विकासमा टेवा पुर्याएको एसओएस बालग्राम सुर्खेत आपतकालिन कार्यक्रमका फोकल पर्सन श्याम क्षेत्रीले बताए ।
उनले स्याहार केन्द्र बालबालिकालाई दिनमा २ पटक पोषणयुक्त खाना खुवाउनुको साथै उनीहरुलाई न्यानो कपडाको पनि व्यवस्थापन गरिएको उल्लेख गरे ।
अस्थायी केन्द्र सुरुमा दुई महिनाको लागि संचालन गर्ने निर्णय भएतापनि आवश्यकता अनुसार यसको समय अवधि बढन सक्ने फोकल पर्सन क्षेत्री बताए ।


शिशु स्याहार विस्तार गर्न एसओएससँग आग्रह
भुकम्पले घरहरु आशिंक तथा पुर्णरुपमा ध्वस्त भएका ठाउँको आवश्यकता पहिचान गरि शिशु स्याहार केन्द्र संचालन गरिएको हो ।
विद्यालय नजाने उमेरका बालबालिकाको लागि स्याहार केन्द्र निकै महत्वपूर्ण रहेको आफुले महशुस गरेको उल्लेख गर्दै वडध्यक्ष पन्तले वडाका अरु टोलहरुमा पनि शिशु स्याहार विस्तार गर्न एसओएससँग आग्रह गर्दै त्यसको लागि वडाको तर्फबाट सवै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


नेपालमा विगत पाँच दशकदेखि मानविय तथा प्राकृतिक प्रकोपले गर्दा अभिभावकत्व गुमाएका तथा जोखिममा परेका बालबालिकाको संरक्षण र सम्बद्र्धनमा एसओएस बालग्रामले सहयोग गर्दै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया