तीन सय बर्षपछि दुर्गम गाउँमा खानेपानी

बद्री पन्त
जाजरकोट ३२, साउन
बारेकोट गाउँपालिका ८, लैखम खालकाटीयाकी ५५ बर्षिया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै वित्यो । उनलाई घरको अन्य कामकाज भन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो । सोही ठाउँकी कमला खत्रीको पनि पिडा उस्तै थियो । पानीकै लागि ठुलै संघर्ष गर्नु परेको भद्रकलाले भनीन्न । घर नजिक पानी नहुदा २ घण्टा ठाढा नमेलाखोला जानुपर्ने बाध्यता थियो भद्रकलालाई । भद्रकला र कमला मात्र होइन गाउँका १ सय घरका महिलाको पिडा उस्तै थियो । एक गाग्री पानी लिन २ घण्टा पैदल हिड्ेर नमेलाखोलाको नाउलामा जानु पर्ने, पालोकुरेर बस्नु वाध्यता थियो । त्यो विगतको पिडा अन्त्य भएको छ । घर नजिकै खानेपानीको सुविधा पुगेपछि महिलाहरु खुसीले गदगद छन् । लामो समय देखि शुद्ध खानेपानी समस्या भोगेका गाउँका महिला पानी आएपछि सुखका दिन आएको छ । लैखमबासीले अब देखि शुद्ध खानेपानीको सुविधा पाएका छन् । १ सय घरधुरीले सपmा पानीखाना पाउनुको साथै महिलाहरुलाई सुविधा भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु बताए । पानी सुविधा पुगेपछि विशेष गरी महिलालाई समयको बचत भएको छ भने स्थानीयले शुद्ध पानी पाएको शाहको भनाइ छ । पानी वोकेर धेरै दुख पाएका स्थानीयलाई राम्रो सुविधा पुगेको छ, शाहले भन्नु भयो । खानेपानी दिर्घकालसम्म सन्चालन गर्न उपभोक्ता आफै लाग्नु पर्ने शाहले बताउनु भयो ।

बारेकोट गाउँपालिका ८, को पैरेखाली, खालकाटीया, रिमदारा, रातापोख्रा, पखेरी, माथिगाउँ लगाएत गाउँमा ३ बर्षपछि खानेपानी योजना बनेको स्थानीय ६८ बर्षेय मनबहादुर खत्रीले बताए । यो गाउँमा पानी आउला भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् । गाउँपालिकाको पहलमा पानीको योजना वन्यो खत्रीले । बर्षामा आकासको बलार्देको पानी खानुपर्ने बाध्यता, हिउदमा नाउलाको पानी खानुपर्ने समस्या अन्त्य भयो । अहिले धेरै सहज भएको छ, खत्रीले बताए । १ सय घरपरिवार प्रत्यक्ष रुपमा लाभान्वीत भएको प्राविधिक पृथ्वीबहादुर नेपालीले बताए । गाउँमा पहिले खानेपानीको समस्या थियो अव समस्या समाधान भएको छ, लेपालीले बताए । बृहत खानेपानी आयोजना निर्माण गरिएको हो । गाउँमा चौविसै घण्टा पानी आएपछि स्थानीय खुसी भएका छन । पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी प्रयोग र अन्य सरसफाई गर्न निकै समस्या भोगेका स्थानीयको अहिले भने अवस्था फेरियो स्थानीय जयबहादुर खत्रीले बताए ।
बर्षौ देखि कुवा, खोला र खोल्साको दुषित पानी खादै आएका स्थानीय अहिले शुद्ध पानी खाना पाउदा हर्षित भएका छन । शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पिडित स्थानीयले अबदेखि मुक्ती पाउने स्थानीय रामचन्द्र शर्माले बताए । पानी ल्याउन लाग्ने समयमा घरको अरु कामकाज गर्न समयको बचत भएको छ । खानेपानी आएपछि अहिले निकै सजिलो भएको शर्माको भनाई छ । खानेपानी आयोजना निर्माण गर्न बारेकोट गाउँपालिकाको ४८ लाख लागत र स्थानीयको श्रमदानबाट खानेपानी निर्माण भएको बृहत खानेपानी उपभोक्ता निर्माण समितिका सचिब रणबहदुर खत्रीले बताए । उक्त खानेपानीबाट १ सय घरधुरिलाई पायक पर्ने गरि १४ वटा धारा राखिएको छ । दिनरात धारामा पानी आएको आउन थालेपछि स्थानीले सपmा पानी उपयोग गर्न र बषौ देखि शुद्ध खानेपानीको सुविधाबाट बन्चित गाउँले अहिले धारामा पानी पुगेपछि खुसीले गदगद भएका छन् ।
४ किलोमिटर टाढाको नंउपानी मुहानबाट पानी ल्याइएको छ । विकट बस्तीको समस्या गाउँपालिकाले समाधान गरेको हो । यस अघि कहिलै पनि यो गाउँमा सरकारी लगानी थिएन । पहिलो पटक स्थानीय सरकारले पानेपानी आयोजना बनाइ दिएपछि स्थानीयले बल्ल परिवर्तनको अनुभुती गरेका छन् । आयोजना दिर्घकालिन रुपमा टिकाइ राख्न स्थानीय उपभोक्ता पनि जिम्मेवार बन्नु पर्ने देखिन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया