बद्री पन्त
जाजरकोट २, भदौ
जाजरकोटको नलगाड नगरपालिका ६ को गराग्ली, राता, फर्सा, पिउली, बडावन, भारगाउँ, गर्छिना लगाएत गाउँको मकैबाली हावाहुरीले भाँचेर सखाप पारेको स्थानीय भीमबहादुर खड्काले जानकारी दिनु भयो । धान चँवर फालेर घोगा लाग्न थालेको मकैबाली पानीसंगै हावाहुरीका कारण ५ सय घरपरिवारको सयौं रोपनी जमिनमा लगाएको मकैबाली नष्ट भएको खड्काले बताउनु भयो ।
सवै मकै नष्ट भयो, के खाने कहाँ जाने भन्ने चिन्ताले सताएको स्थानीय दलबहादुर रावलले दुखेसो पोख्नु भयो । मुख्य अन्नवालीको रुपमा रहेको मकै हावाहुरीले सखाप पारेपछि स्थानीय चिन्तित भएका छन । धान चवर गदै गरेको मकै हावाहरीले ढालेपछि वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको किसानहरुले वताएका छन
राराखबर । २०७६, २ भाद्र सोमबार