सुर्खेत, २५ फागुन ।
भेरी अन्चलका प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले स्थानीय तहको निर्वाचन प्रहरीले भरपर्दो सुरक्षा दिने बताउनु भएको छ ।
जिल्ला अनुगमनको क्रममा सुर्खेत आउनु भएका उहाँले बीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममा निर्धारित समयमा चुनाव गर्न प्रहरी लागि परेको उल्लेख गर्नुभयो ।
उहाँले सुरक्षा चुनौतिहरुको पहिचान गरी त्यही अनुसारको सुरक्षा रणनीति प्रहरीले बनाएको जानकारी दिनुभयो ।
चुनाव जनताको मौलिक अधिकार हो शाहले भन्नुभयो लामो समयपछि हुन लागेको चुनावप्रति जनताको उत्साह बढेको पाएको छु ।
चुनावको वेला ढु्क्क भएर मतदान गर्न जनतालाई आग्रह गदै उहाँले चुनाव विथोल्न खोज्नेलाई कुनै पनि हालतमा नछाडने चेतावनी दिनुभयो ।
राराखबर । २०७३, २५ फाल्गुन बुधबार