डिभिजन वन कार्यालय सुर्खेतको प्रथम पटक प्रकाशित मिति २०७५।१०।१४
यस कार्यालयको आ.व. ०७५/०७६ को स्वीकृत बाषिर्क कार्यक्रम अनुसार एक कलष्टर एक उत्पादन (अम्रीसो, भइ कटहर, अलैची, बाँस तथाअन्य ग्रैह काष्ठ वन पैदावार र सामुदायिक वनमा पर्यापर्टन प्रर्वधन कार्यक्रम तथा वृक्षारोपण तथा निजीवन कार्यक्रमतर्फको कृषि वन विकास तथा विस्तार कार्यक्रम सुर्खेत डिभिजन वन कार्यालय अन्तगर्तका सामुदायिक वन उपभोक्ता समुहहरु मार्फत अनुदानद्धारा संचालन गर्नुपर्ने भएकोले अनुदानका लागि इच्छुक सामुदायिक तथा कबुलीयती वन समुहवा जडिवुटी तथा गैरकाष्ठ व्यवसायमा संलग्न किसानहरुले बुटवल टुडे राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र तोकिएको ढाँचा अनुसारको शिलवन्दी प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारी चाहिएमा कार्यालय समय भित्र यस डिभिजन वन कार्यालयमा वा फोन नं. ०८३–५२०२५४ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
राराखबर । २०७५, २३ माघ बुधबार