ओढारमा एसएलआर राइफल फेलापरेपछि…

सुर्खेत,१९ भदौ ।
प्रहरीले जुम्लामा एक थान एसएलआर राइफल वरामद गरेको छ ।
सनीगाउँ गाविस –४ मा रहेको जलजलाको ओढारमा लुकाईछिपाई राखेको अवस्थामा शनिवार विहान राइफल वरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
01सुराकीले दिएको सुचनाको आधारमा सर्च गर्दा एसएलआर राइफल, त्यसको २५ राउण्ड गोली,, एक थान म्याग्जेन र चालु पुर्जा बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्त डिएसपी दिवाकर सिहले जानकारी दिनुभयो ।
ओढारमा हरियो प्लास्टिकले वेरेर राखिएको अवस्थामा एसएलआर राइफल फेला परेको उहाँले बताउनु भयो ।
यस्तै सर्चको क्रममा एसएलआरको एक थान म्याग्जेन, २५ राउण्ड गोली र चालु पुर्जा भने ढापा गाविस –६ धोदिङ्गमा फेला परेको प्रहरीले जनाएको छ ।
तीनदिन अघि जुम्लामै एसएमजी हतियार सहित ५ जना लुटेरालाई प्ररहीले प्रक्राउ गरेको थियो ।
जनताको जिउधनको सुरक्षा गर्न र शान्ति वाहालीको लागि प्रहरी दिनरात खटिरहेको मध्यपश्चिममका प्रहरी प्रमुख डिआइजी माधव नेपालले बताउनु भयो
उहाँले मध्यपश्चिमा क्षेत्रमा अपराध, लागु औषध नियन्त्रण गर्नको लागि प्रहरीले विशेष योजना नै वनाएर अघि वढिरहेको समेत जानकारी दिनुभयो ।
प्रहरीको सक्रियताकै कारण पछिल्लो समय क्षेत्रमा आपराधिक गतिविधीमा, सवारी दुर्घटना लगायतका क्षेत्रमा कमी आएको डिआइजी नेपालले उल्लेख गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया