दुर्गमको डोल्पा प्रथम, सुगमको सुर्खेत अन्तिम

सुर्खेत, ८ भदौ ।
क्षेत्रीय शिक्षा निर्देशनालय लगायत मध्यपश्चिमका विभिन्न जिल्ला शिक्षा कार्यालयहरुले गएको आर्थिक वर्षमा उल्लेखय रुपमा वेरुजु फच्र्योट गरेका छन
बर्षेदेखि फच्र्योट हुन नसकेको वेरुजुको ठुलो हिसा गगएको आर्थिक वर्षमा शिक्षा कार्यालयहरुले फच्र्योट गर्न सफल भएको क्षेत्रीय शिक्षा निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालय आफैले गएको आर्थिक वर्ष ८६ प्रतिशत बेरुजु फच्र्योट गरेको क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले वताउनु भयो ।
133100गएको आर्थिक वर्ष सवैभन्दा बढी बेरुजु जिल्ला शिक्षा कार्यालय डोल्पा र सवैभन्दा कम बेरुजु जिल्ला शिक्षा कार्यालय सुर्खेतले फच्र्योट गरेको उहाँले जानकारी दिनुभयो ।
डोल्पाले ९९ प्रतिशत बेरुजु फच्र्योट गर्दा सुर्खेतले भने मात्र २२ प्रतिशत वेरुजु फच्र्योट गरेको निर्देशनालयले बताएको छ ।
जिल्ला शिक्षा कार्यालय रोल्पाले ९८, जुम्लाले ८३, दाडले ७६, प्यूठानले ७२, सल्यानले ६९, बर्दियाले ६७ र जाजरकोटले ६३ प्रतिशत बेरुजु फच्र्योट गर्न सफल भएका छन ।
यस्तै जिल्ला शिक्षा कार्यालय रुकुमले ६३, हुम्लाले ५७, बाँकेले ५४, दैलेखले ४८, कालिकोटले ४५, मुगुले ३१ प्रतिशत वेरुजु फच्र्योट गरेका छन ।
बर्षेदेखिको बेरुजु फच्र्योट गर्न शिक्षा मन्त्रालयले कडा निर्देशन दिएको वताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया