असार ५ सुर्खेत ।
सल्यानको सल्लीबजार नजिकबाट भेरी नदिमा बस खस्दा तीन जना घाइते भएका छन् ।बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजारकालागि हिडेका ना ४ ख ५९,४४ नम्बरको बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका हुन।दुर्घटनामा बसका साहु रामबहादुर खड्का, चालक मिलन रावत र सहचालक उमेशजंग शाह घाइते भएको इलाका प्रहरी कार्यालय देवस्थलका प्रमुख बालबहादुर थापाले बताउनु भयो ।तीन जना मात्रै रहेको बस, सडकबाट झन्डै दुईसय मिटर तल भेरी नदिमा खसेको प्रहरीले जनाएको छ ।घाइते तीनै जनालाई उपचारकोलागि नेपालगञ्ज लगिएको छ ।बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
राराखबर । २०७३, ५ असार आईतवार