प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
स्तर निर्धारण तथा सम्बन्धन महाशाखा सानोठिमी, भक्तपुरको श्री माउण्ट एभरेष्ट इन्जिनियरिङ्ग शिक्षालय विरेन्द्नरगर–०६, सुर्खेतको नाममा सम्बन्धन/स्वीकृत प्रि–डिप्लोमा तहको जुनियर कम्प्यूटर टेक्निसियन कार्यक्रमलाई ठाउँसारी, नामसारी गरी भेरी न.पा.–०३ जाजरकोटमा सञ्चालन गर्न अनुरोध भएकोले उक्त संस्था र स्वीकृत तालीम कार्यक्रम प्रति ३५ दिने हकदावी सम्बन्धी जरुरी सूचना प्रकाशित मिति २०८२/४/१२ |
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कार्यालयबाट प्रि–डिप्लोमा तहको जुनियर कम्प्यूटर टेक्निसियन कार्यक्रमको सम्बन्धन/स्वीकृति लिएको संस्था श्री माउण्ट एभरेष्ट इन्जिनियरिङ्ग शिक्षालय, विरेन्द«नगर–०६, सुर्खेतले उक्त कार्यक्रमलाई नामसारी (स्वामित्व हस्तान्तरण) र ठाउँसारी गरी भेरी न.पा.–०३, जाजरकोटमा सञ्चालन गर्न पाउँ भनी पेश गरेको निवेदन उपर कारवाही हुंदा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को मिति २०८२/०३/१७ गते बसेको २०९ औँ वैठकको निर्णय नं. ११७१ बमोजिम गठित कार्यटोली बैठकको मिति २०८२/०३/३० गतेको निर्णयानुसार साविक स्थान विरेन्द«नगर–०६, सुर्खेतबाट नामसारी ठाउँसारी गरी भेरी न.पा.–०३, जाजरकोटमा कार्यक्रम सञ्चालन प्रकृया अगाडि बढाउने निर्णय भएकोले उल्लेखित संस्था र सम्बन्धन/स्वीकृत कार्यक्रम प्रति कसैको हकदावी विरोध गुनासो आदि भए यो सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अन्तिम पटक प्रकाशित भएको मितिले ३५ दिन भित्रमा स–प्रमाण लिखित जानकारी गराउनु हुन अनुरोध छ । उल्लेखित समय भित्र कसैको उजुरी नंपरेमा कानुनी म्याद समाप्त भएपछि माग भै आए अनुसार नामसारी र ठाउँसारी गरी कार्यक्रम सञ्चालन प्रकृया भै जाने र म्याद नाघी आएका उजुरी उपर कुनै कारवाही नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सम्पर्कका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सानोठिमी भक्तपुर । फोन नं. ०१–६६३०४०८ |
राराखबर । २०८२, १२ श्रावण सोमबार