डा नवराज केसीको पुस्तक शून्यको मूल्य बजारमा

सुर्खेत ।
सामाजिक अभियन्ता तथा वालरोग विशेषज्ञ डाक्टर नवराज केसीको पुस्तक शुन्यको मुल्य सार्वजनिक भएको छ । सास, साहस र स्नेहको कथाहरु समेटिएको पुस्तक शनिवार बीरेन्द्रनगरमा सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक कार्यक्रमका सहभागीलेल पुस्तकले कर्णालीले भोगेका बास्तविक पीडा र समस्यालाई चित्रण गरेको भन्दै मुक्त कण्ठले प्रसंसा गरेका छन् ।
डा केसीले कर्णालीका दुर्गम ठाउँमा पुगेर काम गर्ने क्रममा देखे भोगेका कुराहरुलाई समेटेर किताव लेखेको बताए ।


कर्णाली आफैमा विश्वविद्यालय हो, उनले भने, यहाँको जीवन संघर्ष र सिकाई नै सबैभन्दा ठुलो डिग्री हो ।
कार्यक्रममा सहभागी लेखक राधा पौडेलले ‘शुन्यको मूल्यले अन्धकार समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश दिएको बताइन् ।
उनले भनिन, यो पुस्तक देशका प्रधानमन्त्रीदेखि मन्त्रीहरु हुदै राज्यका प्रमुख निकायमा बस्नेहरुले पढ्नुपर्छ । अनि मात्र उहाँहरुले थाहाँ पाउनु हुने छ कर्णालीलाई के गर्नु पर्छ भनेर। ।
पुस्तकमाथी सिएनएन हिरो समेत भैइसकेकी म्यागी डोयन, लेखक अन्बिका गिरीलगायत चर्चा गरेका छन् । पुस्तक शुन्यको मुल्य सार्वजनिक भएको दिन हिजो मात्रै झण्डै एक हजारप्रति शून्यको मूल्य पुस्तक विक्री भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया