मध्यपश्चिमको सुरक्षामा कडाई : डिआईजी नेपाल

सुर्खेत,२४ मंसिर ।
प्रहरीले मध्यपश्चिम क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।
चोरी तस्करीसहित आपराधिक गतिविधी नियन्त्रणको लागि सुरक्षा व्यवस्था कडा बनाइएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस क्षेत्रमा भैइरहेका मेला, महोत्वलाई समेत ध्यानमा राखेर प्रहरी सक्रियता बढाइएको कार्यालयले बताएको छ ।
लागु औषध नियन्त्रण गर्न, चोरी तस्करी रोक्न, अपराधिक गतिविधी हुन नदिनको लागि मध्यपश्चिम क्षेत्रमा रहेका सवै 7प्रहरी युनिटहरुलाई उच्च सर्तकतामा राखिएको डिआईजी माधव नेपालले बताउनु भयो ।
शान्ति सुरक्षा कायम गर्न जनतादेखि राजनीतिक दल, नागरिक समाज, अन्य सुरक्षा निकायसगँ निरन्तर समुन्वय र सहकार्य गदै आएको उहाँले जानकारी दिनुभयो ।
प्रहरी सक्रियताकै कारण विगतका तुलनामा मध्यपश्चिम क्षेत्रमा आपाराधिक घटनामा कमी आएको र लागु पदार्थ तस्करी पनि नियन्त्रण भएको छ ।
राजनीतिक दलसगँको समुन्वय, प्रहरीको उच्च सर्तकता र कडा सुरक्षा व्यवस्थाका कारण प्रधानमन्त्रीको सुर्खेत भ्रमणको वेला कुनै अप्रिय घटना भएन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल गएका अन्य जिल्लामा कालो झन्डा देखाएर विरुद्ध प्रर्दशन गरिएपनि सुर्खेतमा भने कुनै राजनीतिक दल र जनवर्गीय संगठनले विरुद्ध जनाएनन् ।
3नेपाल प्रहरीले प्रधानमन्त्रीको भ्रमणलाई ध्यानमा राखेर शसस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दल, लगायतसगँको समुन्वय र सुरक्षा सर्तकताका अपनाएका कारण प्रधानमन्त्री आउदा कुनै पनि किसिमको बिरोध नभएको डिआइजी माधव नेपालले बताउनु भयो ।
५ नम्वर प्रदेशलाई टुक्राउने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा प्रधानमन्त्री दाहाल विरुद्ध एमाले, राष्टिय जनर्माचा लगायतका विपक्षी दलले सडक र संसदमा विरोध प्रर्दशन गदै आएका छन ।
प्रधानमन्त्री भ्रमणमा जादा सुदुरपश्चिमका धनगढी लगायतका जिल्लामा कालो झन्डा देखाएर विरोध प्रर्दशन गरिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया