कर्णालीमा पनि रास्वपाले खाता खोल्यो

सुर्खेत – कर्णालीका १२ मध्ये अधिकांश क्षेत्रमा कमजोर प्रर्दशन गरिरहेको रास्वपाले सुर्खेत क्षेत्र नम्वर २ मा भने फराकिलो अन्तरले जित हासिल गर्न सफल भएको छ ।
रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नारायण कुमार कोइरालालाई १४,४५४ मत अन्तरले पराजित गरेका हुन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सापकोटाले ३०,८४२ मत र कोइरालाले १६,३७८ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका कुलमणी देवकोटाले १२,८९१ मत र नेकपाका झकबहादुर मल्लले ४,४३६मत ल्याएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
देशैभरी निकै राम्रो प्रर्दशन गरेपनि सुर्खेत बाहेक कर्णालीका अरु क्षेत्रमा रास्वपाका उम्मेदवारहरु केही क्षेत्रमा एक ठाउँमा दोस्रो, एक ठाउँमा तेस्रो तथा अरु क्षेत्रमा चौथो र पाँचौ स्थानमा रहेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया