बिष्णुले फराकिलो अन्तरले चुनाव जितेर काँग्रेसको बिरासत जोगाए

सुर्खेत – सहोदर भाई बिष्णुबहादुर खड्काले चुनाव जितेर नेपाली काँग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काको सुर्खेत क्षेत्र नम्वर १ मा बिरासत जोगाएका छन् ।
पार्टीको आधिकारीकता विवादमा अदालतमा मुद्धा लड्ने पक्ष भएको भन्दै २०४८ सालदेखि जित्दै आएका पूर्णबहादुर यस पटक भने चुनाव लडेनन् ।
दाई मुद्धा लडेको पार्टीको आधिकारीकता विवाद कायमै रहदा काँग्रेस सुर्खेतका उपसभापति समेत रहेका भाई बिष्णुलाई पार्टीले उम्मेदवार बनाएको थियो ।
पूर्णबहादुरले चुनाव नलडने घोषणा गरेपछि काँग्रेस कार्यकर्ताको दवावमा चुनाव लडेका बिष्णुले फराकिलो अन्तरले चुनाव जितेर दाईको बिरासत जोगाइ दिएको काँग्रेस कार्यकर्ताहरु बताउँछन् ।
बिष्णुले नेकपा एमालेका ध्रुर्वकुमार शाहीलाई ८००७ मतको अन्तरले पराजित गरेका हुन ।
खड्काले २६,८९७ मत र शाहीले १८,८९० मत ल्याएका छन् ।
यसपाली भाई बिष्णुसँग पराजित भएका शाहीले बाम गठवन्धनको हुँदा २०७४ सालको प्रतिनिधि सभा सदस्यमा दाई पूर्णबहादुरलाई पराजित गरेका थिए भने २०७९ मा भने शाही पूर्णबहादुरसँग पनि पराजीत भएका थिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिहले १४७२९ मत नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २८२८मत र जेन्जी आन्दोलनमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका रविकिरण हमालले १०४९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पार्टीले सर्वसम्मत रुपमा एकल नाम पठाएपछि कार्यकर्ताको चाहाना वेवास्था गर्न नसकेर चुनाव लडेको विष्णुले बताएका थिए ।
फोटो कमल परियार




फेसबुकबाट तपाईको प्रतिक्रिया