सुर्खेत, ६ असोज ।
सुर्खेतबाट प्रकाशित हुने साझा विसौनी पत्रिकाका कार्यकारी सम्पादक बिनोद शाहीले क्रियाशिल पत्रकारिता पुरस्कार पाउनु भएको छ ।
प्रेस काउन्सिल नेपालले आफनो ४७ औ बार्षिक उत्सवको अवसर पारेर शाहीलाई १० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
राष्ट्रपति विद्या भण्डारीले विहीबार शितल निवासमा भएको कार्यक्रममा शाहीसहित बिभिन्न विद्यामा ३१ जना पत्रकारहरुलाई सम्मान गर्नु भएको हो ।
शाही पत्रकार महासंघ सुर्खेतका सहसचिव र प्रेस चौतारीका सचिव समेत हुनुहुन्छ ।
राराखबर । २०७३, ६ आश्विन बिहीबार