सुर्खेत, १७ असोज ।
सुर्खेतको वीरेन्द्रनगर १० मा रहेको खजुरा टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा बीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले टोलको विकास र उन्नतिको लागि सवै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सभामा संस्थाका अध्यक्ष खिमलाल देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष टीका थापाले १९ लाख रुपैयाको आयव्यय विवरण प्रस्तुत गर्नु भएको छ ।
सभाले चालु आर्थिक वर्षभित्रै टोललाई नमुना सरसफाई टोल बनाउने उदघोष समेत गरेको अध्यक्ष देवकोटाले बताउनु भयो ।
बचत गरेको रकम टोल विकासका सदस्यहरुलाई ऋण दिने गरिएको उहाले उल्लेख गनुृभयो ।
अध्यक्ष देवकोटाले टोलमा रहेका १सय ८७ घरधुरी मध्ये १ सय ४७ घरधुरीले हरेक महिनामा प्रतिघरधुरी सय रुपैया बचत गदै आएको जानकारी समेत दिनुभयो ।
सभामा संस्थाका संस्थापक अध्यक्ष बालकुमारी कडेल र जेष्ठ महिला नन्दा रावललाई सम्मान गरिएको छ ।
राराखबर । २०७३, १७ आश्विन सोमबार