सुर्खेत
कर्णाली प्रदेश सरकार नवनियुक्त मन्त्रीहरुले मन्त्रालयमा पुगेर आजै पदभार समालेका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए लगत्तै नवनियुक्त मन्त्रीहरूले पदभार समालेका हुन ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाले पद समालेका हुन ।
उनीहरुलाई मुख्यमन्त्री यामलाल कँडेलले नियुक्त गरेका थिए । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । काग्रेसले आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहकाे नेतृत्वमा सरकारमा पठाएको छ ।
कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।
फोटोहरु दिपेन्द्र शर्मा
राराखबर । २०८१, २० श्रावण आईतवार