डोल्पामा सहोदर दाजुभाईको प्रतिस्पर्धामा भाईले मारे बाजी

सुर्खेत

सहोदर दाजुभाईबीचमा चुनावी प्रतिस्पर्धा भएको डोल्पामा भाई धनबहादुर बुढाले बाजी मारेका छन् ।

एउटै कोखबाट जन्मिएका दाई कर्णबहादुर बुढा नेपाली काँग्रेस र भाई धनबहादुर बुढाले नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी प्रतिस्पर्धा गरेका थिए ।

काँग्रेस विशेष महाधिवेसनबाट सहमहामन्त्री बनेका कर्णबहादुर पहिलो पटक  र भाई धनबहादुर चौथो पटक चुनाव लडेका हुन ।

यो चुनाव डोल्पालीको लागि दलिय प्रतिस्पर्धा भन्दा पनि दाजुभाईको प्रतिष्ठाको लडाई बन्न पुगेको छ ।

तर २०७०, २०७४ र २०७९ सालमा भएका तीन वटै चुनावमा लगातार जित हासिल गरेका धनबहादुरले यसपाली आफ्नै दाईलाई हराउँदै लगातार चौथो पटक चुनाव जित्न सफल भएका छन् ।

धनबहादुरले कर्णबहादुरलाई ३,८५३ अन्तरले जितेका छन् । दाई कर्णबहादुर तेस्रो स्थानमा आएका छन् ।

धनबहादुर बुढा नेकपा ६,८०२

लंकबहादुर रोकाय नेकपा एमाले ५,३९६

कर्णबहादुर बुढा नेपाली काँग्रेस २,९४९




फेसबुकबाट तपाईको प्रतिक्रिया