५० लाखको लिफ्ट सिंचाई योजना

सुर्खेत, १० असोज ।
लेखगाउँ गाविस ५ ओदालतालमा ५० लाखको लिफ्ट सिंचाई योजना बन्ने भएको छ ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना रिजम र ओदालतालस्थित जागरण कृषक समूहवीच ५८ लाखको सोलारबाट लिफ्ट सिंचाई आयोजना बनाउने सम्झौता भएको हो ।
शनिवार आयोजना सम्वन्धी सार्वजनिक सुनुवाई समेत भएको छ ।
आयोजनाको ३३ लाख २ सय ९१ र समूहको २५ लाख ८६ हजार ३०३ गरी कूल ५८ लाख ८६ हजार ५९४ रुपैयाको सो सिंचाई आयोजना बन्न लागेको हो ।
solar-pumpनजिकैको खोलाबाट ४० मिटर अग्लो उचाइमा पानी रिजर्भ गरी सो ठाउका करिव ३५ घरपरिवारलाई सिंचाई सुविधा पुग्नेछ ।
सिंचाईं सुविधापछि व्यवसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने लक्ष्य रहेको स्थानीय ईश्वर सुनारले जानकारी दिए ।
उनका अनुसार उक्त योजनाको अवधि एक बर्षको हुनेछ । योजना अन्तर्गत तरकारी संकलन केन्द्र भवन, टनेल निर्माण, कृषकहरुको क्षमता बृद्धि कार्यक्रमहरु संचालन गरिनेछ ।
समूहका अध्यक्ष तेजकुमारी सुनारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरी, लेखगाउ गाविस सचिव चेतनप्रसाद आचार्य, केसिडिसीका गंगा श्रेष्ठ, कांग्रेसका प्रदीप जिसी, एमालेका हरिलाल सलामी, नेकपा माओवादी केन्द्रका मेखलाल सलामीलगायतले आयोजना सफलताको शुभकामना दिएको समूहका सचिव यामलाल सुनारले जनाए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया