‘लागु औषध नियन्त्रणमा कम्प्रोमाइज हुँदैन’

DIGमध्यपश्चिम क्षेत्रको भौगोलिक अवस्थालाई ध्यानमा राखेर प्रहरीले ३ किसिमको सुरक्षा रणनीति अपनाएको छु । लागु औषध नियन्त्रण गर्ने, तस्करी नियन्त्रण गर्ने र अपराध अनुसन्धानमा जिरो टलरेन्स यी ३ वटा मुख्य उदेश्य लिएर मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अघि वढिरहेको छु । प्रहरी सक्रियताकै कारण विगतको तुलनामा यस क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी आएको छ भने सवारी दुर्घटना पनि भएका छैनन् ।

यस्तै प्रहरीले जुम्ला, डोल्पा लगायतका जिल्लाहरुवाट एसएलआर, एसएमजी, पेस्तोल लगायतका अत्याधुनिक हतियार समेत वरामद गरेको छ । लागु औषध नियन्त्रण र चोरी तस्करी नियन्त्रणमा पनि मध्यपश्चिममा प्रहरीले ठुलै सफलता हासिल गरेको जनाएको छ । विशेष गरी स्थानीय निकायको निर्वाचनलाई केन्द्रीत गरेर प्रहरीले आफनो सक्रियता वढाएको पाएको छ । मध्यपश्चिम क्षेत्रमा प्रहरी सक्रियता, सुरक्षा चुनौति, प्रहरी जनशक्ति, लगायतको विषयमा मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालसगँ अनलाईन रारा खबरका प्रकाश पन्तले गरेको कुराकानी
दशै तिहार जस्ता चाडपर्व नजिकिदै छ अहिले मध्यपश्चिम क्षेत्रको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
मध्यपश्चिमको प्रहरी प्रमुख भएर आएको ६ महिना भयो । अहिले यस क्षेत्रको समग्र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छ । सिनयर अधिकृत, जुनियर अधिकृत र जवानहरु अधिकत्तम रुपमा खटेको अवस्था छ । शान्ति सुरक्षा कायम गर्ने काममा सफलता पनि हासिल गरेका छौ । जुम्लावाट एसएमजी, एसएलआर लगायतका अत्यधुनिक हतियारहरु वरामद भए । ३÷४ महिना अघि डोल्पामा पनि चाइनिज पेस्तोलहरु पनि वरामद गर्न हामी सफल भएका थियौ ।
तस्करी नियन्त्रण गर्ने क्रममा तराईवाट थुप्रै तस्कारीका सामानहरु प्रक्राउ परेका छन । तस्करी नियन्त्रण भएन भने त्यसवाट आर्जित रकमले गुन्डा गर्दी र अपराध वढ्ने गर्छ । तस्करी नियन्त्रण गरेकै कारणले मध्यपश्चिम क्षेत्रमा शान्ति सुरक्षाको अवस्था विगतको तुलनामा निकै सुधार आएको छ । ठुला घटनाहरु भएका छैनन् । यदाकदा भएका घटनाहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

1
शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न कस्तो किसिमको सुरक्षा रणनीति अपनाइएको छ ?
मध्यपश्चिमको भौगोलिक अवस्थालाई ध्यानमा राखेर ३ किसिमको सुरक्षा रणनीति अपनाएको छु । लागु औषध नियन्त्रण गर्ने, तस्करी नियन्त्रण गर्ने र अपराध अनुसन्धानमा जिरो टलरेन्सको रणनीति अनुसार अघि वढिरहेको छु । यो रणनीतिवाट अघि वढ्दा प्रहरीले सफलता हासिल गरेको छ । यो क्षेत्रमा हिमाल, भित्री मधेस÷पहाड र तराई पर्ने भएकोले अलग अलग खालका आपराधिक घटनाहरु हुन्छन । तराईका वाँके, वर्दिया, दाङ्गमा एक किसिमको अपराध हुन्छ भने हुम्ला र डोल्पामा अकै किसिमको अपराध हुन्छ । त्यसैले भौगोलिक क्षेत्र अनुसारको सुरक्षा रणनीति वनाइएको छ । ३ वटै उदेश्य प्रभावकारी रुपमा कार्यान्वयमा पनि आएको अवस्था छ । ३ वटा कुरामा फोकस दिदा शान्ति सुरक्षा वाहाली गर्न सफल भएका छौ ।
तराईमा वोर्डर क्राइमहरु नियन्त्रण गर्ने रणनीति वनाएका छौ । ६ महिनाको अवधिमा यस क्षेत्रमा एउटा मात्र अपहरणको घटना भयो । प्रहरीले ४÷५ घण्टामै अपराधमा संलग्न व्यक्रिलाई प्रक्राउ गर्न सफल भयो । यसको मतलव हाम्रो काउन्टर पार्टसँग राम्रो सम्वन्ध छ । नियमित वैठकहरु भैरहेको छ । हिमाली क्षेत्रका कतिपय घटनास्थलसम्म पुग्न प्रहरीलाई ३÷४ दिन लाग्ने अवस्था पनि छ ।
तर विगत ६÷७ वर्षयता घटेका घटनाहरु, त्यसमा प्रयोग भएका हतियारहरु र अपराधमा संलग्न व्यक्तिलाई यसपल्ट प्रक्राउ गरिएको छ । विगतका वर्षहरुमा यार्सा संकलनको वेला धेरै घटनाहरु हुन्थे । यसपाली सुरक्षाको राम्रो व्यवस्था मिलाएकोले यार्सा संकलनको क्रममा आपराधिक घटना हुन पाएन । अनि जनताले पनि हामीलाई साथ दिइरहनु भएको छ । यस क्षेत्रका नेताहरु, नागरिक समाजका अगुवाहरुले पनि सुचना दिएर प्रहरीलाई सहयोग गरेको हुनाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरी पूर्णरुपमा सफल भएको मैले ठानेको छु ।
मध्यपश्चिम क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरीका लागि मुख्य चुनौतिहरु के के हुन ?
हामी त चुनौति नै चुनौतिसगँ लडेका छौ । सजिलो वातावरण कहिल्यौ छैन । गाडीको समस्या छ । सवारी साधनको कमी छ । अर्को जनशक्ति हो । जनशक्ति भन्ने कुरा जति हुदा पनि पुग्दैन । यस क्षेत्रमा १० हजार प्रहरीको दरवन्दी हो तर अहिले ८ हजार मात्रै छ । दरवन्दी अनुसारकै २ हजार प्रहरी जनशक्ति कम छ । अरु जनशक्ति भर्ना र तालिमको प्रक्रियामा छन । जनशक्ति कम भएपनि त्यसलाई राम्रोसगँ परिचालन गरेर जनतालाई शान्ति सुरक्षाको अनुभुति दिन हामी सफल भएका छौ ।
अहिले प्रहरीलाई कहीवाट उमारेर र खरीद गरेर ल्याउन सकिदैन । जति जनशक्ति छ त्यसैलाई राम्रोसँग परिचालन गर्नुको विकल्प छैन । हामीसगँ जे प्रविधी र स्रोत साधन छ त्यसैलाई परिचालन गरेको अवस्था हो । अपराध अनुसन्धाको लागि हामीसगँ कुकुरहरु पनि छन । लागु औषध र अपराधमा संलग्न व्यक्तिलाई प्रक्राउ गर्न कुकुरले निकै सहयोग गरेका छन । केही महिना अघि सल्यानमा भएको घटनामा संलग्न व्यक्तिलाई भुन्टी कुकुरको सहायताले तत्कालै प्रक्राउ गरियो । अर्को कुरा भौगोलिक कठिनाई छ । यो त सवैतिरको समस्या हो ।
आगामी चैत्र महिनासम्ममा स्थानीय निकायको चुनाव हुने चर्चा चलिहेको छ त्यसको लागि सुरक्षा तयारी कस्तो छ ?
सरकारले अराएको काम गर्नको लागि प्रहरी चौवीसै घण्टा तयार छ । जुनसुकै समयमा हुने चुनावमा भरपर्दो शान्ति सुरक्षा दिन प्रहरी सदैव तयार छ । जटिल अवस्थामा पनि प्रहरीले निर्वाचनमा भरपर्दो सुरक्षा दिदै आएको छ । चुनावको लागि प्रहरी शत प्रतिशत तयारी अवस्थामा छ । सरकारले चुनावको घोषणा गर्न वित्तिकै प्रहरी सुरक्षा दिन तयार छ ।

3
मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी जस्ता अभियानले कस्तो प्रभाव पारेको देख्नु हुन्छ ?
प्रहरीले धेरै जनमुखी कार्यक्रमहरु ल्याएको छ । जसको कारण धेरै सुधार पनि भएको छ । जनताको चाहाना त प्रहरीले युरोप, अमेरिकाको जस्तो काम गरेको भए हुन्थ्यो भन्ने हुन्छ । तर प्रहरीले जनताको सत प्रतिशत चाहानहरु पुरा गर्न सकेको हुदैेन । यो कठिन कुरा पनि हो । जनताको चाहाना पुरा गर्नको लागि प्रहरीले अझ धेरै कुरा गर्न वाकी छ । जनताको चाहाना प्रहरीले राम्रो वोलोस्, तत्काल घटनास्थलमा पुगोस्, तत्काल अपराधमा संलग्न व्यक्तिलाई समातोस भन्ने हुन्छ । त्यो त हामीले गरिरहेका छौ, तर जनताले चाहे जति गर्न सकेका छैनौ ।
त्यसैले जनताको चाहाना र गुनासोलाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले प्रहरी मेरो साथी लगायतका कार्यक्रम ल्याएको हो । यसले धेरै राम्रो सुधार ल्याएको अवस्था छ । किनकी प्रहरी मेरो साथी हो भनिसकेपछि साथीले त सहयोग गर्छ । दुख पर्दा साथ दिन्छ । गल्ती नगर्दासम्म प्रहरी साथीसँग डराउनु पदैन भन्ने भावनाको विकास जनतामा भएको छ । त्यसले परिणाम पनि राम्रो ल्याउँछ ।
मध्पश्चिम क्षेत्रमा मुख्य समस्याको रुपमा लागु औषध र अवैध हतियारलाई लिने गरिन्छ यसलाई नियन्त्रण गर्न कस्तो कदम चाल्नु भएको छ ?
मुख्य टार्गेट नै लागु औषध नियन्त्रणलाई वनाएर अघि वढिरहेको छु । लागु औषधले घर हैन राष्ट्र नै विग्राछ । क्यान्सरले एकजना मान्छेलाई मार्छ भने लागु औषधले पहिला परिवार, त्यसपछि समाज अनि अन्त्यमा राष्ट्र नै मार्छ । त्यसैले लागु औषधमा कम्प्रोमाइज गर्नु हुदैन भन्ने हिसावले हामी गएका छौ ।
लागु औषध नियन्त्रणमा प्रहरी सफल हुदै पनि गएको छ । केहीदिन अघि मात्रै अफिमवाट वनाएको २३ किलो ठोस पदार्थ नियन्त्रणमा प्रक्राउ गरियो । अहिले वाँके, वर्दियाको कारागरामा ७५ प्रतिशत कैदी लागु औषधका छन । लागु औषधको कारोवारी, लागु औषध प्रयोगकर्ता, लागु औषधको ओसार पसार गर्ने समुहलाई टार्गेट गरेर कारवाही चलाइएको छ । यसमा सफलता पनि मिलिरहेको छ । तर पनि खुला सीमानाले गर्दा सोच अनुसारको सफलता हासिल गर्न सकिएको छैन । विगतमा यस क्षेत्रमा लागु औषध कारोवारोको रेसियो जुन परिणामले वढेको थियो । अहिले विशेष अभियान चलाएपछिे निकै घटेको छ । यसलाई अझै तल्लो विन्दुमा ल्याउने लक्ष्य छ ।
मध्यपश्चिमको प्रहरी प्रमुख भएर आएको ६ महिनाको अवधिमा तपाईले कस्ता उपलव्धीहरु हासिल गर्नुभयो ?
यो क्षेत्रमा विगतमा ठुल्ठुला सवारी दुर्घटनाहरु भएका थिए । अहिले त्यो रोकिएको छ । प्रहरीले ध्यानदियो भने सवारी दुर्घटना कम हुन्छ भन्ने यो उदाहरण पनि हो । सवारी सवारी दुर्घटना रोक्न जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, युनिट इन्चार्जहरुलाई जिम्मेवार र चलाएमान वनाएको छु ।
यस्तै यो अवधिमा लागु औषधमा पनि कमी आएको छ । आफिमदेखि गाँजाखेती फाड्ने अभियान चलाएको कारण कमी आएको हो । लुकाएर राखिएको अवैध हातहतियार सुरक्षाको मुख्य चुनौतिको रुपमा लिएर नियन्त्रण गर्ने अभियान पनि संचालन गरिएको छ । त्यसैको परिणाम एसएलआरदेखि एसएमजी हुदै चाइनिज पेस्तोलसम्म प्रक्राउ गरिएको छ । केही दिन अघि मुगुमा हतियार प्रयोग गरेर एकजनाको हत्या गरियो । हतियार प्रयोग गरेको व्यक्तिको हत्या गर्नु भनेको राष्ट्रको लागि ठुलो सुरक्षा चुनौति हो । हत्यामा संलग्न समुहलाई पनि प्रहरीले तत्काल समात्यो ।
अर्को कुरा गाउँ गाउँमा गएर जनचेतना फैलाउने काम गरिएको छ । जिल्ला प्रमुख, अन्चल प्रमुख, युनिटका इन्चार्जहरु पनि गाउँ गाउँमा गएर जनचेतना फैलाउने काम गरिरहेका छन । म पनि जुन जिल्लामा जान्छु त्यो जिल्लाको कम्तिमा पनि एउटा उच्च माध्यामिक विद्यालयमा ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई राखेर लागु औषध विरुद्ध २÷३ घण्टाको क्लास लिने गरेको छु । यो अभियान लिएर १४ वटा जिल्ला पुगिसके अव डोल्पा जिल्ला मात्रै वाकी छ । यसको परिणाम पनि राम्रो आएको छ ।
विगत वर्षहरुको तुलनामा अहिले सवारी दुर्घटनामा कमी आएको छ, सवारी दुर्घटना घट्नुको कारण चाही के हो ?
क्षमता भन्दा बढी यात्रुहरु राख्ने, छतमा यात्रुहरु हाल्ने, रुट मरमिट नलिएको, ब्लुबुक नविकरण नगरेको गाडीलाई तत्काल कारवाही गरिएको छ । यस्तै जसको इलाकामा सवारी दुर्घटना हन्छ । प्रहरी र ट्राफिक प्रहरीले नहेरेको कारणले सवारी दुर्घटना भएको पाइए, त्यस्ता प्रहरीलाई तत्काल कारवाही गर्छु भन्ने सन्देश मातहतका प्रहरीलाई दिएको छु । त्यसैले उनीहरु निकै सक्रिय भएर लागेका छन । जसले गर्दा विगतको तुलनामा सवारी दुर्घटनामा कमी आएको छ ।
सवारी दुर्घटना यान्त्रिक र मानविय कारणले हुन्छ । यान्त्रिक कारणले हुने दुर्घटना प्रहरीले रोक्न सक्दैन । गाडीको जाँचपास गर्ने निकाय अकै छ । सडक राम्रो हुदैन । चिप्लो हुन्छ । अहिले टाइम कार्ड लागु गरिएको छ । कर्णाली राजमार्गमा राती गाडी चलाउन दिइएको छैन । तर जनताले किन राती गाडी चलाउन नदिएको भनेर गुनासो गरिरहनु भउको छ । प्रहरीले आफनो सक्रियता वढाएको छ ।
यातायात व्यवसायीलाई तालिम दिनेदेखि चालकहरुलाई पनि सम्झाउने गरिदै आएको छ । घटना भन्ने कुरा हुदै हुदैन भन्ने त हैन जुन सकैवेला पनि हुन सक्छ तर होसियारी र सावधानी अपनायो भने यसलाई रोक्न सकिन्छ । त्यसैले अहिले ठुला दुर्घटना नहुनुमा प्रहरीको सक्रियता पनि प्रमुख कारण हो ।

4
पछिल्लो समय सुर्खेत लगायतका ठाउँहरुमा मिटर व्याज, अटो पास गर्ने जस्ता क्रियाकलाप मैलाउदै गएको छ । तर यसलाई नियन्त्रण गर्न प्रहरीले खासै चासो नदिएको भन्ने गुनासो छ नि ?
मिटर व्याज, अटोपास गर्न मिल्दैन । तर प्रहरी काँहा यस्ता खालका उजुरीहरु आएका छैनन् । सुर्खेतकै डिएसपीलाई पनि वोलाएर यसवारेमा छलफल पनि गरेको थिए । गुनासाहरु धेरै छन, तर लिखित उजुरी दिएको अवस्था छैन । लेनदेनको ठाडो उजुरी आउँछ । लेनदेनको उजुरी प्रहरीे हेर्न मिल्दैन ।
व्याज नेपाल राष्ट्र वैकले तोकेको भन्दा बढी लिन पाइदैन । कसैले आफु ठगिएको भनेर आउँछ भने प्रहरीले तत्काल कारवाही गर्छ । सुर्खेतका न्यायिक र अर्धन्यायिक निकाय मिलेर यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर पलह गर्ने सोच वनाएको छु । अटो पास, मिटर व्याज गर्नेलाई कानुनको परिधी भित्र रहेर कारवाही गछौ ।
प्रहरीप्रति अहिले पनि जनताका थुप्रै गुनासाहरु छन नि ? तिनलाई सम्वोधन गर्न के गदै हुनुहुन्छ ?
जनताका गुनासाहरु नआएका हैनन् आउँछन । गुनासाहरु आउँदा नै प्रहरीलाई पनि काम गर्न सजिलो हुन्छ । प्रहरीसगँ जनताका अपेक्षाहरु धेरै छन । सवै अपेक्षाहरु प्रहरीले पुरा गर्न सकेको छैन । त्यसकारण गुनासाहरु आउनु स्वभाविक हो । अर्को कुरा यस क्षेत्रमा आत्म हत्या गर्नेको संख्या पनि दिनदिनै वढदै गएको छ । त्यसैले कानुनमा पनि संशोधन आवश्यक छ । अहिले प्रहरीले आत्म हत्या गरेको हो कि ? कसैले मारेर झुन्डएको हो भनेर मात्र हेर्छ । कसैले टर्चर दिएर कसैले आत्म हत्या गरेको हो भने त टर्चर गर्नेलाई कारवाही गर्नु पर्छ । अर्को कुरा आत्म हत्या विरुद्ध जनचेताना जगाउनु आवश्यक छ ।
आचरण विपरित काम गर्ने प्रहरीलाई सत प्रतिशत कारवाही हुन्छ । गरेको छैन भने भन्नुहोस ? हामीले कारवाही गरेका छौ । तर आरोप भने प्रमाणित हुनुपर्छ । यस्तै राम्रो काम गर्ने प्रहरीलाई पनि पुरस्कृत र सम्मान गरेका गछौ । पहिला पहिला आफनो बडी गार्ड, भान्से, डाइभरलाई पुरस्कृत गर्ने चलन थियो तर अहिले त्यो चलन हराएको छ । अहिले कामको आधारमा सजाय र पुरस्कार दिने चलन छ ।
अन्त्यमा शान्ति सुरक्षा कायम गर्न जनतावाट कस्तो अपेक्षा राख्नु भएको छ ? अनि कामको सिलसिलामा कत्तिको दवाव आउने गरेको छ ?
संगठन प्रमुख र प्रहरी प्रधान कार्यालयमा कार्यरत विशिष्ट प्रहरी अधिकृतवाट मातहतका प्रहरीको मनोबल उच्च राख्ने काम भैइरहेको छ । हाम्रो रिपोटिङ्गहरु हेडक्वाटरबाट सुनुवाई हुन्छ । प्रहरी डिमोरलाइज हुनु पर्ने कुनै कारण छैन । अहिले प्रहरीको मोरल हाई छ । प्रहरीलाई काहीकतैवाट कुनै पनि किसिमको दवाव छैन ।
राजनीतिक दलका नेताहरुले घटना र विषय वस्तुका वारेमा वुझनु हुन्छ । अपराधमा संलग्न व्यक्तिलाई छाडिदेउ भनेर अहिलेसम्म मलाई दवाव दिनु भएको छैन । मध्यपश्चिम क्षेत्रका नागरिक समाजवाट प्रहरीलाई धेरै सहयोग छ । मैले क्लास लिएका भाइ वहिनीहरुका दिनमा ४०÷५० वटा कल आउँछन । उनीहरुले जाँड खाएर सरले पढाएको कुरादेखि विभिन्न खालका सुरक्षासगँ सम्वन्धीत सुचनाहरु दिनुहुन्छ ।
मिडिया, राजनीतक दल सवैतिरवाट चातर्फी सहयोग भैइरहेको छ । हेडक्वाटरवाट पनि राम्रै सहयोग पाइएको छ । केही दिन अघिमात्रै ४ वटा गाडीहरु आए । हेडक्वाटरले जति दिनु पर्ने हो त्यो सवै दिएको छ । म सगँ जे साधन स्रोत उपलव्ध छ, त्यसलाई सही रुपमा सदुपयोग गदै यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने कुरामा दत्तचित्त भएर लागिरहेको छु ।




फेसबुकबाट तपाईको प्रतिक्रिया