
सुर्खेत
नेपाली काँग्रेसको संसदिय यात्रामा कर्णाली क्षेत्रमै पहिलो पटक प्रत्यक्षमा महिला उम्मेदवारले चुनावी जितेकी छन् ।
काँग्रेसले आफ्नो इतिहासमै पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनाएको दैलेख क्षेत्र नम्वर १ मा बासना थापाले चुनाव जितेकी हुन।
गठवन्धनका नाममा २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र २०७९ मा तत्कालिन नेकपा समाजवादीलाई सुम्पिएको उक्त क्षेत्रमा यसपाली भने कर्णालीमै एक मात्र महिला उम्मेदवार रहेकी थापाले चुनावमा जित्न सफल भएकी छन् ।
आफ्ना निकतम प्रतिद्वन्द्वी एमालेका रविन्द्रराज शर्मालाई ५७६ अन्तरले हराउँदै देशैभरी खराव प्रर्दशन गरिरहेको काँग्रेसको लागि थापाले केही उत्साह थपेकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले १२,३७२ मत र शर्माले ११,७९६ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ८,१५१ र नेपाली कम्युनिष्ट पार्टीका अमरबहादुर थापाले ३,९८९ मत ल्याएका छन् ।
राराखबर । २०८२, २३ फाल्गुन शनिबार