पदम केसी
जाजरकोट
नलगाड नगरपालिका –५ गेरेनीकी हरिकला ओली लकडाउनले गर्दा काममा निस्किन पाएकी छैनन् ।
पहिले कालापार भारत गएर घरखर्च जुटाउदै आएकी उनी लकडाउनले गर्दा मजदुरी गर्न नपाउँदा साँझविहानको खर्च जुटाउन समस्या भएको बताउँछिन् ।

हरिकला ओली
अहिले माइतीमा बस्दै आएकी उनी भन्छिन्, घरमा खाने खर्च छैन । चुलो कसरी बाल्ने हो ? मेरो समास्या बुझ्ने कोही छैन ।
उनको न बस्ने घर छ न त उव्जाएर खाने खेतवारी नै । ८ वर्ष देखि श्रीमान बेपत्ता छन् ।
७ वर्षको छोरा र बुवाआमालाई पाल्ने जिम्मा अहिले उनको काँधमा आएको छ ।
भारतमा गएर गिट्टी बालुवा बोक्ने काम गरेको बताउँने उनलाई गाउँमा कुनै काम नपाइदा धेरै समस्या परेको छ ।
२६ वर्षकै उमेरमा धेरै संर्घष गर्नु परेको छ, ओली भन्छिन्, गाउँमा काम पाइन मुस्किल छ ।
त्यसैले सरकारले गाउँमै रोेजगारीका अवसर दिनुपर्यो ।
राराखबर । २०७७, १० असार बुधबार