सुर्खेत
मत गणना भैइरहेका कर्णालीका ९ क्षेत्र मध्ये नेपाली कम्युनिष्ट पार्टी ४, नेपाली काँग्रेस २, नेकपा एमाले, रास्वपा र राप्रपा एक/एक ठाउँमा अगाडी छन् ।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, हुम्लामा नेकपा दिपेन्द्र रोकाय, डोल्पामा नेकपामा धनबहादुर बुढा, रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा र सल्यानमा नेकपाकै रमेश मल्लले अगाडी छन् ।
सुर्खेत क्षेत्र नम्वर १ मा काँग्रेसका बिष्णुबहादुर खड्का र जाजरकोटमा काँग्रेसकै खड्कबहादुर बिसी, दैलेख क्षेत्र नम्वर २ मा एमालेका लक्ष्मीप्रसाद प्रोखरेल र सुर्खेत क्षेत्र नम्वर २ मा रास्वपाका रमेश कुमार सापकोटाले लिड गरिरहेका छन् ।
प्रतिनिधि सभाका १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा दैलेखमा काँग्रेसकी बासना थापा १ र कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाहीले जितेका छन् ।
मुगुमा भने आवबाट मात्र मत गणना हुने छ ।
सुर्खेत १
काँग्रेस १४२६७
एमाले ९८६५
रास्वपा ८२९७
नेकपा १२२४
जाजरकोट
रुख १४७९१
नेकपा १२५५३
एमाले ११७४९
रास्वपा १३११
जुम्ला
राप्रपा ९६९४
नेकपा ६१५९
काँग्रेस ३६५९
एमाले २५९०
रास्वपा १७५
सुर्खेत २
रास्वपा १२५४३
काँग्रेस ८५७८
एमाले ६८३९
नेकपा ३२५९
डोल्पा
नेकपा २०९४
काँग्रेस ४२७
एमाले ३४१
हुम्ला
नेकपा ३५३८
काँग्रेस २१८८
एमाले २१८१
रास्वपा ५०
दैलेख २
एमाले ८५२०
काँग्रेस ५९५४
रास्वपा ३४०२
नेकपा २७४१
रुकुम पश्चिम
नेकपा ७२७२
प्रलोपा ५१६०
काँग्रेस ४८४२
रास्वपा १२५१
सल्यान
नेकपा ८५७२
रास्वपा ५२२५
काँग्रेस ४२८४
एमाले ३८००
राराखबर । २०८२, २३ फाल्गुन शनिबार