
सुर्खेत
चुनावमा देशैभरी पार्टीले खराव प्रर्दशन गरिरहदा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भने रुकुम पूर्वबाट फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणी गौतमलाई ६,७७८ मत अन्तरले हराउदै उनी तेस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन ।
दाहालले १०,२४० मत ल्याएका छन भने उनका निकतम प्रतिदद्धन्दी गौतमले ३,४६२मत ल्याएको निवार्चन अधिकृतको कार्यालयले जनाएको छ ।
दाहाल यसअघि २०७४ मा चितवन २ र २०७९ मा गोरखा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसअघि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा रोल्पा र काठमाडौ १० बाट तथा २०७० सालको संविधान सभा चुनावमा सिराह ५ बाट चुनाव जितेका थिए ।
दाहालसँग प्रतिस्पर्धा गरेका अन्य उम्मेदवार नेपाली काँग्रेसकी कुशुमदेवि थापाले ३,०८१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका लखन थापाले ८१८ र प्रगतिशिल लोकतान्त्रिक पार्टीका सन्दिप पुन २०३ मत ल्याएको मत गणना स्थलमा रहेकी संचारकर्मी सर्जना कार्कीले बताइन् ।
भुमे, सिस्ने र पुथा उत्तरगंगा गरी तीन वटा गाउँपालिका रहेको रुकुम पूर्वलाई नेपाली कम्युनिष्ट पार्टीको बलियो पकड क्षेत्रको रुपमा चिनिन्थ्यो ।
देशका अरु निर्वाचन क्षेत्रबाट चुनाव जित्न कठिन हुने आकलन गरेर दाहाल सजिलो क्षेत्र खोज्दै रुकुम पूर्व पुगेको विपक्षीहरुको भनाई छ ।
साढे ३४ हजार मतदाता रहेको रुकुम पूर्वमा १९ हजार १ सय ८८ मत खसेको खसेको थियो ।
रुकुम पूर्वमा दाहालसँग काँग्रेस, एमालेसहित विभिन्न दलहा ११ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा थिए । प्रचण्डको जित संगै नेपाली कम्युनिष्ट पार्टीले चुनावमा खाता खोलेको छ ।
राराखबर । २०८२, २२ फाल्गुन शुक्रबार