
२१ वर्षीय चन्द्रप्रसाद खनाल

७२ वर्षिय नन्दकला गिरी

२० वर्षीय राधा बास्तोला
सुर्खेत, ३० असार ।
पश्चिम सुर्खेतको विद्यापुर गाविस –८ सन्नेमा विषालु च्याउ खाएर ११ जना गाउँले विरामी परेका छन ।
विरामीहरुको गाउँमै प्राथमिक उपचार पछि अहिले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भैइरहेको छ ।
विषालु च्याउ खाएर गम्भिर विरामी भएका ३ जनालाई एम्वुलेन्सवाट र अरुलाई गाडीमा राखेर क्षेत्रीय अस्पतालमा ल्याइएको गाउँलेले जनाएका छन ।
११ जना मध्ये ७२ वर्षिय नन्दकला गिरी, २१ वर्षीय चन्द्रप्रसाद खनाल र २० वर्षीय राधा बास्तोला गम्भिर विरामी हुनु भएको छ ।
उहाँहरु तीन जनालाई तत्कालै उपचारको लागि क्षेत्रीय अस्पताल ल्याएको थियो ।
च्याउ खाएर विरामी परेका ८ जनालाई भने गाउँमै प्राथमिक उपचारपछि क्षेत्रीय अस्पताल ल्याइएको अस्पतालले जनाएको छ ।
स्थानीय शेरसिं वास्तोलाको नयाँ घरको घरपैचो कार्यक्रममा उनीहरुले च्याउको तरकारी खाएका थिए ।
दिउँसो १२ बजेतिर च्याउको तरकारी खाएका उनीहरु लगत्तै विरामी परेको स्थानीय भक्तिप्रसाद घिमिरेले वताउनु भयो ।
गाउँमा एउटा मात्र एम्वुलेन्स भएकोले सवैलाई एकै पल्ट ल्याउन नसकिएको र गम्भिर विरामीलाई मात्र छिटो ल्याइएको वताएको छ ।
८ जना विरामीलाई गाडीवाट पछि ल्याइएको थियो ।
घरपैचो कार्यक्रममा सहभागी हुन गएका व्यक्तिले वगाले च्याउ भनेर लिएको च्याउ विषालु भएको वताएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले समयमै उपचार भएकाले आत्तिनु पर्ने अवस्था नभएको वताउनु भयो ।
उहाँले विरामी सवैको अवस्था खतरा मुक्त रहेको समेत जानकारी दिनुभयो ।
क्षेत्रीय अस्पतालमा च्याउ खाएका विरामी भेटको लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, प्रशासकिय अधिकृत हितप्रसाद पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमख वसन्त अधिकारी, नेपाली काँग्रेसका सभापति कमलराज रेग्मी, एमालेका सचिव मोहन वडुवाल लगायत जानु भएको छ ।
राराखबर । २०७३, ३० असार बिहीबार