सुर्खेत, १५ साउन ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले सुखेतको बीरेन्द्रनगरमा गरेको छलफल कार्यक्रमका सहभागीले भुगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिएका छन । सुझाव संकलनको लागि गरेको कार्यक्रममा नेकपा एमाले नेता तथा पूर्वमन्त्री यामलाल काँडेलले माग निर्देशन सहितको टीओआर बनाएर छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जनसंख्यालाई आधार मानेर मात्रै निर्वाचन क्षेत्र निर्धारण गर्न नसकिने उल्लेख गर्नुभयो ।सांसद तप्तबहादुर विष्टले पनि भुगोलकै आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति कमलराज रेग्मीले भुगोलका आधारमा मापदण्ड तयार गरी क्षेत्र निर्वारण गर्नुपर्नेमा जोड दिनुभयो
कार्यक्रममा मध्यपश्चिमका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाइ, निर्वाचन क्षेत्र निर्धारण आयोगका सहसचिव नारायण रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने लगायत सवै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता थियो ।
राराखबर । २०७४, १५ श्रावण आईतवार