एसओएस सुर्खेतमा बुद्धिचाल

सुर्खेत, १ असोज ।
राष्ट्रिय बाल दिवसको अवसरमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले जिल्ला स्तरीय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गरेका छ ।


प्रतियोगीमा विद्याज्योति माध्यामिक विद्यालयका विवेक भण्डारी प्रथम, कोपिला भ्याली माविका विकास खड्का द्वितीय, इन्टरनेशनल माविका विजय चौलागाई तृतीय र त्रिपुरेश्वर माविका झलकबहादुर शाहीले सान्त्वना स्थान हासिल गरेको विद्यालयका प्राचार्य जगदिश ढकालले बताए ।


विजेता प्रतियोगीलाई पुरस्कार प्रदान गदै एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले वाल दिवसको औचित्यका साथै विद्यालय र बालग्रामले सञ्चालन गरेका विभिन्न गतिविधिमाथी चर्चा गरेका थिए ।


बालग्रामका निर्देशक गिरी र विद्यालयका प्राचार्य ढकालले संयुक्त रुपमा बुद्धिचालका गोटीहरु चालेर खेल उद्घाटन गरेका थिए ।

१९ वटा विद्यालयका ३८ जना विद्यार्थीले भाग लिएका थिए ।


बल दिवसकै अवसरमा विद्यालयले मध्यम र उच्च तहको वाद विवाद प्रतियोगिता पनि आयोजना गरेका जनाएको छ ।

प्रतियोगिताको सहजीकरण र व्यस्थापन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख नवराज सापकोटाले गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया