सुर्खेत २७ -सुर्खेतको लेखगाँउबाट बीरेन्द्रनगर आउँदै गरेको ना ४ ख ५५६९ नम्बरको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत कपासेब्यारेक नजीक बस अनियन्त्रित भई सडक बाट ११ मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ।
घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
घाइहरुको क्षेत्रिय अस्पताल कालागाउँ र स्थानिय माया नर्सिह होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यकलय सुर्खेतका डिसपी बहाँदुरजंग मल्लले बताउनु भयो ।
राराखबर । २०७३, २७ श्रावण बिहीबार