जुम्ला २९, असार ।
निर्माणाधीन भवनको छतबाट खसेर जुम्लामा एक जना कामदारको मृत्यु भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको भवनवाट खसेर कैलालीको त्रिशक्ति नगरपालिका–१ भजनीका २१ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।
भवन निर्माणको सिलसिलामा चिप्लिएर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुइँमा खसेर घाइते भएका चौधरीको प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मृतक चौधरीको तीन लाख बिमा घरपरिवारलाई उपलब्ध गराइनेछ । चौधरी डेढ महिनादेखि काम गर्दै आएको बताएको छ ।
राराखबर । २०७३, २९ असार बुधबार