सुर्खेत
दक्षिण कोरियामा मृत्यु भएका जाजरकोट छेडागाडका युवा हरिचन्द्र अधिकारीका परिवारलाई कोरियामा कार्यरत नेपालीहरुले करिव ३० लाख रुपैया सहयोग गरेका छन् ।
शनिवार सुर्खेतमा एक कार्यक्रमका वीच स्वर्गिय हरिचन्द्रका वुवा लक्षिराम जैसी र श्रीमति सृष्टीलाई प्रदेश सभा सासद राजीवविक्रम शाहले उक्त रकम हस्तान्तरण गरेका हुन ।
कोरिया समाज कर्णाली प्रदेशमा आवद्ध लक्ष्मीनारायण बस्नेतले कर्णाली प्रदेश समाज दक्षिण कोरिया, कोरिया समाज सुर्खेत, दैलेख, कालिकोट, सल्यान, जाजरकोट, रुकुम पश्चिमको पहल र सक्रियातामा उक्त रकम संकलन भएको बताए ।
उनका अनुसार कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष धर्मराज तिवारी, सुर्खेत समाजका अध्यक्ष पुस्कर बुढाथोकी, दैलेख अध्यक्ष कमल कार्की, कालिकोट अध्यक्ष गोपालबहादुर शाही, जाजरकोट संयोजक मोहन बस्ने, रुकुम पश्चिम संयोजक भानु मगर लगायत दक्षिण कोरियामा रहेका समाजसेवी व्यक्तिहरुले रकम संकलनको लािग अहंम भूमिका निर्वाह गरेका थिए ।
कामको सिलसिलामा कोरिया पुगेका अधिकारीको कोरिया पुगेको हप्ता दिनमै हृदयघातका कारण निधन भएको थियो ।
सहयोग रकम हस्तान्तरण गर्दै प्रदेश सभा सासद शाहले दुखको वेला सहयोग र साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।
अहिलेको जमानामा धेरै मान्छेहरु आफ्नो स्वार्थमा मात्र केन्द्रीत रहेको बेला अर्कोको बारेमा सहयोग गर्नु भनेको निकै प्रशंसनिय र पुन्य काम भएको पनि उनले बताए ।
दक्षिण कोरिया समाजमा आवद्ध लक्ष्मीनारायण बस्नेतले छोटो समयमै उक्त रकम संकलन गर्न सफल भएको बताए ।
३० लाख रकम मध्ये करिव २० लाख रुकम मृतक अधिकारीकी नावालक छोरीको नाममा बैंकमा राखि दिएको र वाकी रकम घर व्यवहार धान्नको लागि सहयोग गरेको पनि बताए ।
सहयोग हप्तान्तरण कार्यक्रममा दक्षिण कोरिया समाजमा आवद्ध युवाहरुको सहभागीता रहेको थियो ।
राराखबर । २०८१, २३ असार आईतवार