पत्रकारसगँ मध्यपश्चिमका डिआइजी माधव नेपालले यस्तो भने

dig_153127

डिअाइजी माधव नेपाल ।

सुर्खेत, ९ असार ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले आपराधिक गतिविधी नियन्त्रण गदै शान्ति सुरक्षा कायम गर्न ३ वटा कुरालाई मुलमन्त्र वनाएर अभियान संचालन गरिरहेको जनाएको छ ।
मध्यपश्चिम क्षेत्रलाई लागु औषधमुक्त बनाउने, अबैध तस्करीलाई नियन्त्रण गर्ने र अपराधमा संलग्न हुने ब्यक्तिहरुसंग शुन्य सहनशिलता मुलमन्त्र रहेका छन ।
मुलमन्त्र अनुसार विशेष योजना वनाएर अभियान संचालन गरेपछि विगतको तुलनामा अहिले आपराधिक गतिविधीमा कमी आएको क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी माधव नेपालले वताउनु भयो ।
उहाँले ६ महिना अघिवाट अभियान संचालन भएपछि जनताले शान्ति सुरक्षाको पूर्ण अनुभुति गरिरहेको दावी समेत गर्नुभयो ।
आइतवार क्षेत्रीय प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा डिआइजी नेपालले स्रोत साधन र जनशक्तिको अभावले गर्दा अझै सोचे अनुसारको काम गर्न प्रहरीले नसकेको उल्लेख गर्नुभयो ।
स्रोत साधन र जनशक्तिको अभावका वावजुद पनि मध्यपश्चिम क्षेत्रमा प्रहरी शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न सफल हुदै गएको उहाँले वताउनु भयो ।
प्रहरीका चुनौतिहरु
प्रहरी ईकाईहरुको माग बढ्दो, कारागारहरुको अवस्था जिर्ण, कारगारहरुमा क्षेमता भन्दा बढी कैदी मुख्य चुनौति रहेका छन ।
मध्यपश्चिम क्षेत्रका १३ वटा कारागरको क्षेमता ८ सय २० जनाको भएपनि अहिले २ हजार ५ जना कैदी बन्दी राखिएको छ ।
यस्तै अपराध नियन्त्रणमा प्रविधिको कमी, साना हतियारमा सहज पहुच, भुमिगत संगठनहरु पनि यस क्षेत्रको सुरक्षा चुनौतिको रुमपा रहेका छन ।
प्रहरी भवनको कमी यस क्षेत्रको प्रहरीको अर्को चुनौति रहेको छ ।
युद्धकालमा २२४ प्रहरी भवनहरु ध्वस्त भएकोमा अहिलेसम्म ६० वटा भवनहरु निर्माण भएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनाना रोकथाममा आधुनिक उपकरणहरुको अभाब ब्रेथलाईजर, राडारगन, ट्राफिक जनशक्तिको कमी, मोटर चल्ने जिल्लामा एउटा पनि दमकल नहुनु जस्ता चुनौति पनि प्रहरीले सामना गरिहेको डिआइजी नेपालले उल्लेख गर्नुभयो
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले शान्ति सुरक्षा कायम गर्नको लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु अघि सारेको छ
अल्पकालिन योजनाहरु
अल्पकालिन योजना अन्तर्गत आन्तरिक शुद्धिकरण तथा शुन्य सहनशिलता, आवश्यक स्रोत र साधनको ब्यवस्थापनको लागि पहल, प्रबिधियुक्त प्रहरीको लागि आबश्यक पर्ने स्रोत साधन जुटाउन पहल गर्ने रहेको छन ।
यसतै प्रहरी जनतावीच सहकार्यलाई प्राथमिकताका साथ लागु गर्ने, अति प्रभावकारी अनुसन्धान टोली निर्माण गर्ने, पेशासंग सम्बन्धित प्रशिक्षण कार्यक्रम संचालन गर्ने रहेका छन ।
समय सापेक्ष सुरक्षा योजना पुनरावलोकन गदै चेतनामूलक कार्यक्रम प्रसारण गर्ने, कल्यानकारी योजनाहरु लागू गर्ने लगायतका अल्पकालिन योजनाहरु रहेका छन ।
दिर्घकालिन योजनाहरु
यस्तै क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले सामुदायिक प्रहरीको अवधारणामा जोड दिने, फरार अपराधीको खोजी गर्ने, प्रहरी ईकाईहरुको बृद्धि गदै भौतिक अवस्था सुधार गर्ने दिर्घकालिन योजनाहरु वनाएको छ ।
पारदर्शी ट्राफिक राजश्व संकलनका लागि बैकिड प्रणालीवाट राजश्व संकलन गर्ने, आर्थिक अनियमितता विरुद्ध शुन्य सहनशिलतालाई संस्थागत गर्दै लैजाने, क्षेत्रीय स्तरमा विधी विज्ञान प्रयोगशाला र पेट्रोल पम्प स्थापना गर्ने,तालिम प्रणालीलाई बैज्ञानिकिकरण गर्ने,अपराध अनुसन्धानको लागि बिशेष कार्यदलको वनाउने जस्ता दिर्घकालियन योजना पनि क्षेत्रीय प्रहरी कार्यालयले अघि सारेको छ ।
साइवर क्राइमको लागि अनुसन्धान टोली वनाउने, राजनैतिक हस्तक्षेप पूर्ण रुपमा निर्मुल गर्ने, तत्काल सेवा निवृत हुने प्रहरी कर्मचारीलाई व्यवसायिक तालीम प्रदान गर्ने लगायतका दिर्घकालिन योजनाहरु रहेको डिआइजी नेपालले वताउनु भयो ।
३ सय ४० जना प्रहरीमाथी कारवाही
आर्थिक वर्ष २०७२ ÷७३ मा प्रहरी आचरण विपरीत काम गर्ने एसपीदेखि कार्यालय सहयोगीसम्म गरी ३ सय ४० जना प्रहरीलाई कारवाही गरिएको छ ।
मादक पदार्थ सेवन गर्ने, कामकाजमा बाधा र्पुयाउने, डियुटीमा लापरवाही गर्ने, कमाण्डरको आदेश नमान्ने, बहुविवाह र गैह्र हाजिर गर्ने प्रहरीलाई कारवाही गरिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी माधवप्रसाद नेपालले बताउनु भयो ।
एक वर्षको अवधिमा एक जना एसपी सहित २ सय ३८ जना प्रहरीलाई नसिहद दिएको, ११ जनाको पदोन्तो रोक्का गरिएको, ८ जनालाई तल्लो टाइम स्लेकलमा घटुवा गरेको,तल्लो तहमा घटुवा ग्रेड रोक्का लगाएका कारवाही गरिएको पनि उहाँले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया