
अधुरा भवनहरू ।
सुर्खेत, ९ साउन ।
सुर्खेतमा शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गतको पुनर्निर्माण कार्यक्रमका अधिकांश योजनाहरु अधुरै रहेका छन ।
मन्त्रालयको पुनर्निर्माण र शान्तिका लागि विकास कार्यक्रमका १५ वटा योजनाहरुका लागि ९ करोड बढी रकमका योजनाहरुको अनुगमन गर्दा धेरै अधुरै रहेको स्थानीय शान्ति समितिले बताएको छ ।
समिति संयोजक मोहन थापाले पुनर्निर्माणका लागि आएको योजनाहरुको काम सन्तोषजनक नभएको बताउनु भयो ।
उहाँले धेरैजसो योजनाहरु अधुरै र बेवारिसे अवस्थामा रहेको उल्लेख गदै धुलियाविट भेडावारी सडकमा पर्ने चिंगाड खोलाको पक्की पुल, सुर्खेत कारागार भवन लगायतका योजना अहिलेसम्म पनि निर्माण नभएको वताउनु भयो ।
ठेकेदार भागेपछि कारागार भवनको पुनः ठेक्का प्रक्रिया सुरु हुन लागेको छ भने चिंगाड खोलाको पुल अुधरै छ ।
दहचौर गाविस भवन, सूर्यज्योति उच्च माविको भवन, जनज्योति उच्च मावि मैनतडाको भवन, सुगुरखाल नेराप्रावि भवन, क्षेत्रीय पुस्तकालय भवन मेहेलकुना, गाग्रेताल उचच मावि भवन, सालकोट गाविस भवन, गणेशमान स्मृति भवन बावियाचौर, कुनाथरीको बौद्धविहार प्रावि भवनलगायतको स्थलगत अनुगमन गरेको थियो ।
एउटै आयोजनामा धेरै निकायहरुबाट बजेट आएकोले कसको काम कति भन्ने स्पष्ट हुन नसकेको संयोजक थापाले बताउनुभयो ।
शान्तिका लागि विकास कार्यक्रम जिल्लामा छरपरष्ट रुपमा मन्त्रालयले पठाउने गरेकोले विशेष मापदण्ड बनाएर मात्र योजना छनौट गर्नुपर्ने, द्वन्द्वका समयमा ध्वस्त र क्षतिग्रस्त भएका संरचनाहरुको पुननिर्माणमा ढिलाइ भएकोले त्यस्ता आयोजनाहरुलाई बनाउन पहल गर्नुपर्ने सुझाव अनुगमन टोलीले दिएको छ । सुर्खेतमा द्वन्द्वको समयमा १३९ वटा संरचनाहरु ध्वस्त भएको समितिले वताएको छ ।
राराखबर । २०७३, ९ श्रावण आईतवार